Atos 16

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास र्गथिन्। उनको बाबु ग्रीक थिए।
1 Chegou a Derbe e depois a Listra, onde vivia um discípulo chamado Timóteo. Sua mãe era uma judia convertida e seu pai era grego.
2 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।
2 Os irmãos de Listra e Icônio davam bom testemunho dele.
3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।
3 Paulo, querendo levá-lo na viagem, circuncidou-o por causa dos judeus que viviam naquela região, pois todos sabiam que seu pai era grego.
4 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने।
4 Nas cidades por onde passavam, transmitiam as decisões tomadas pelos apóstolos e presbíteros em Jerusalém, para que fossem obedecidas.
5 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढदै थियो।
5 Assim as igrejas eram fortalecidas na fé e cresciam em número cada dia.
6 पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।
6 Paulo e seus companheiros viajaram pela região da Frígia e da Galácia, tendo sido impedidos pelo Espírito Santo de pregar a palavra na província da Ásia.
7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन।
7 Quando chegaram à fronteira da Mísia, tentaram entrar na Bitínia, mas o Espírito de Jesus os impediu.
8 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।
8 Então, contornaram a Mísia e desceram a Trôade.
9 त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस अनि हामीलाई सहयोग गर्नुहोस्!”
9 Durante a noite Paulo teve uma visão, na qual um homem da Macedônia estava em pé e lhe suplicava: "Passe à Macedônia e ajude-nos".
10 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
10 Depois que Paulo teve essa visão, preparamo-nos imediatamente para partir para a Macedônia, concluindo que Deus nos tinha chamado para lhes pregar o evangelho.
11 एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।
11 Partindo de Trôade, navegamos diretamente para Samotrácia e, no dia seguinte, para Neápolis.
12 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।
12 Dali partimos para Filipos, na Macedônia, que é colônia romana e a principal cidade daquele distrito. Ali ficamos vários dias.
13 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसंग बात गर्न लाग्यौं।
13 No sábado saímos da cidade e fomos para a beira do rio, onde esperávamos encontrar um lugar de oração. Sentamo-nos e começamos a conversar com as mulheres que se haviam reunido ali.
14 त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँचो परमेश्वरको आराधना र्गथिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।
14 Uma das que ouviam era uma mulher temente a Deus chamada Lídia, vendedora de tecido de púrpura, da cidade de Tiatira. O Senhor abriu seu coração para atender à mensagem de Paulo.
15 तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।
15 Tendo sido batizada, bem como os de sua casa, ela nos convidou, dizendo: "Se os senhores me consideram uma crente no Senhor, venham ficar em minha casa". E nos convenceu.
16 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।
16 Certo dia, indo nós para o lugar de oração, encontramos uma escrava que tinha um espírito pelo qual predizia o futuro. Ela ganhava muito dinheiro para os seus senhores com adivinhações.
17 त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”
17 Essa moça seguia a Paulo e a nós, gritando: "Estes homens são servos do Deus Altíssimo e lhes anunciam o caminho da salvação".
18 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।
18 Ela continuou fazendo isso por muitos dias. Finalmente, Paulo ficou indignado, voltou-se e disse ao espírito: "Em nome de Jesus Cristo eu lhe ordeno que saia dela! " No mesmo instante o espírito a deixou.
19 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीलाई पैसा कमाउन सक्तैनन्। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहर अधिकारीहरू थिए।
19 Percebendo que a sua esperança de lucro tinha se acabado, os donos da escrava agarraram Paulo e Silas e os arrastaram para a praça principal, diante das autoridades.
20 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्।
20 E, levando-os aos magistrados, disseram: "Estes homens são judeus e estão perturbando a nossa cidade,
21 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।”
21 propagando costumes que a nós, romanos, não é permitido aceitar nem praticar".
22 भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।
22 A multidão ajuntou-se contra Paulo e Silas, e os magistrados ordenaram que se lhes tirassem as roupas e fossem açoitados.
23 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”
23 Depois de serem severamente açoitados, foram lançados na prisão. O carcereiro recebeu instrução para vigiá-los com cuidado.
24 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।
24 Tendo recebido tais ordens, ele os lançou no cárcere interior e lhes prendeu os pés no tronco.
25 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।
25 Por volta da meia-noite, Paulo e Silas estavam orando e cantando hinos a Deus; os outros presos os ouviam.
26 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।
26 De repente, houve um terremoto tão violento que os alicerces da prisão foram abalados. Imediatamente todas as portas se abriram, e as correntes de todos se soltaram.
27 जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैलाई मार्न तयार भएको थियो।
27 O carcereiro acordou e, vendo abertas as portas da prisão, desembainhou sua espada para se matar, porque pensava que os presos tivessem fugido.
28 तर पावल चिच्यायो, “आफैलाई घात नगर। हामी सबै जना यहीं छौं।”
28 Mas Paulo gritou: "Não faça isso! Estamos todos aqui! "
29 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।
29 O carcereiro pediu luz, entrou correndo e, trêmulo, prostrou-se diante de Paulo e Silas.
30 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”
30 Então levou-os para fora e perguntou: "Senhores, que devo fazer para ser salvo? "
31 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”
31 Eles responderam: "Creia no Senhor Jesus, e serão salvos, você e os de sua casa".
32 यसर्थ पावल र सिलासले प्रभुको सन्दश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने।
32 E pregaram a palavra de Deus, a ele e a todos os de sua casa.
33 निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो।
33 Naquela mesma hora da noite o carcereiro lavou as feridas deles; em seguida, ele e todos os seus foram batizados.
34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। उ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।
34 Então os levou para a sua casa, serviu-lhes uma refeição e com todos os de sua casa alegrou-se muito por haver crido em Deus.
35 अर्को बिहान हाकामहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”
35 Quando amanheceu, os magistrados mandaram os seus soldados ao carcereiro com esta ordem: "Solte estes homens".
36 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोडन लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”
36 O carcereiro disse a Paulo: "Os magistrados deram ordens para que você e Silas sejam libertados. Agora podem sair. Vão em paz".
37 तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”
37 Mas Paulo disse aos soldados: "Sendo nós cidadãos romanos, eles nos açoitaram publicamente sem processo formal e nos lançaram na prisão. E agora querem livrar-se de nós secretamente? Não! Venham eles mesmos e nos libertem".
38 सिपाहीहरूले जे पावलले भने ती हाकीमहरूलाई सुनाई दिए। जब हाकीमहरूले पावल र सिलास रोमी नागरीक भनेर जाने, तिनीहरू भयग्रस्त भए।
38 Os soldados relataram isso aos magistrados, os quais, ouvindo que Paulo e Silas eram romanos, ficaram atemorizados.
39 यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा - याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने।
39 Vieram para se desculpar diante deles e, conduzindo-os para fora da prisão, pediram-lhes que saíssem da cidade.
40 तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यु-भाईहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।
40 Depois de saírem da prisão, Paulo e Silas foram à casa de Lídia, onde se encontraram com os irmãos e os encorajaram. E então partiram.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.