3 João 1

Nepali Bible (GL_NEPALI) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
1 O presbítero ao amado Gaio, a quem, na verdade, eu amo.
2 मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्।
2 Amado, desejo que te vá bem em todas as coisas e que tenhas saúde, assim como bem vai a tua alma.
3 ख्रीष्टमा विश्वास रहेका कोही भाइहरु आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरुले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।
3 Porque muito me alegrei quando os irmãos vieram e testificaram da tua verdade, como tu andas na verdade.
4 जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
4 Não tenho maior gozo do que este: o de ouvir que os meus filhos andam na verdade.
5 मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरुलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरुलाई पनि सहयोग गरिरहेछौ।
5 Amado, procedes fielmente em tudo o que fazes para com os irmãos e para com os estranhos,
6 यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।
6 que em presença da igreja testificaram do teu amor, aos quais, se conduzires como é digno para com Deus, bem farás;
7 यी भाइहरु ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरुले ती मानिसहरुबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्।
7 porque pelo seu Nome saíram, nada tomando dos gentios.
8 यसर्थ हामीले यस्ता भाइहरुलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरुलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरुले गरेको कार्यमा सहभागी बर्न्छौं।
8 Portanto, aos tais devemos receber, para que sejamos cooperadores da verdade.
9 मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। उ सदैव तिनीहरुका नेता बन्न चाहन्छ।
9 Tenho escrito à igreja; mas Diótrefes, que procura ter entre eles o primado, não nos recebe.
10 जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरुलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरु जसले भाइहरुलाई सहयोग गर्न चहान्छन् तिनीहरुलाई पनि वाधा दिन्छ अनि तिनीहरुलाई मण्डलीबाट बाहिर निकाली दिन्छ
10 Pelo que, se eu for, trarei à memória as obras que ele faz, proferindo contra nós palavras maliciosas; e, não contente com isto, não recebe os irmãos, e impede os que querem recebê-los, e os lança fora da igreja.
11 मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
11 Amado, não sigas o mal, mas o bem. Quem faz bem é de Deus; mas quem faz mal não tem visto a Deus.
12 सबै मानिसहरुले डेमेत्रियसको विषयमा असल कुराहरु गर्छन्। अनि त्यो सत्य तिनीहरुले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छो। अनि तिमीहरु जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।
12 Todos dão testemunho de Demétrio, até a mesma verdade; e também nós testemunhamos; e vós bem sabeis que o nosso testemunho é verdadeiro.
13 मेरो तिमीहरुलाई धैरे कुराहरु भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ।
13 Tinha muito que escrever, mas não quero escrever-te com tinta e pena.
14 म तिमीहरुसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौ। तिमीहरुमा शान्ति रहोस्। यहाँ भएका साथीहरुले तिमीहरुलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरु हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु। 
14 Espero, porém, ver-te brevemente, e falaremos de boca a boca.
15 — ausente —
15 Paz seja contigo. Os amigos te saúdam. Saúda os amigos pelos seus nomes.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 3 João 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.