2 Timóteo 1

Nepali Bible (GL_NEPALI) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
1 Paulo, apóstolo de Jesus Cristo, pela vontade de Deus, segundo a promessa da vida que está em Cristo Jesus,
2 मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।उत्साह अनि धन्यवाद
2 a Timóteo, meu amado filho: graça, misericórdia e paz, da parte de Deus Pai, e da de Cristo Jesus, Senhor nosso.
3 दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।
3 Dou graças a Deus, a quem, desde os meus antepassados, sirvo com uma consciência pura, porque sem cessar faço memória de ti nas minhas orações, noite e dia;
4 म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।
4 desejando muito ver-te, lembrando-me das tuas lágrimas, para me encher de gozo;
5 म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ।
5 trazendo à memória a fé não fingida que em ti há, a qual habitou primeiro em tua avó Loide e em tua mãe Eunice, e estou certo de que também habita em ti.
6 त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे संझाउन चाहन्छु। जब मैले आफ्नो मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्।
6 Por este motivo, te lembro que despertes o dom de Deus, que existe em ti pela imposição das minhas mãos.
7 परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
7 Porque Deus não nos deu o espírito de temor, mas de fortaleza, e de amor, e de moderação.
8 यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
8 Portanto, não te envergonhes do testemunho de nosso Senhor, nem de mim, que sou prisioneiro seu; antes, participa das aflições do evangelho, segundo o poder de Deus,
9 परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो।
9 que nos salvou e chamou com uma santa vocação; não segundo as nossas obras, mas segundo o seu próprio propósito e graça que nos foi dada em Cristo Jesus, antes dos tempos dos séculos,
10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
10 e que é manifesta, agora, pela aparição de nosso Salvador Jesus Cristo, o qual aboliu a morte e trouxe à luz a vida e a incorrupção, pelo evangelho,
11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो
11 para o que fui constituído pregador, e apóstolo, e doutor dos gentios;
12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छुइन। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ।
12 por cuja causa padeço também isto, mas não me envergonho, porque eu sei em quem tenho crido e estou certo de que é poderoso para guardar o meu depósito até àquele Dia.
13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुसरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुसरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्।
13 Conserva o modelo das sãs palavras que de mim tens ouvido, na fé e no amor que há em Cristo Jesus.
14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
14 Guarda o bom depósito pelo Espírito Santo que habita em nós.
15 तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस धरिले मलाई छोडे।
15 Bem sabes isto: que os que estão na Ásia todos se apartaram de mim; entre os quais foram Fígelo e Hermógenes.
16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्।
16 O Senhor conceda misericórdia à casa de Onesíforo, porque muitas vezes me recreou e não se envergonhou das minhas cadeias;
17 अहँ, जब उनी रोममा आए मलाई नभेटुञ्चेल उनले मलाई निरन्तर खोजिरहे।
17 antes, vindo ele a Roma, com muito cuidado me procurou e me achou.
18 म प्रार्थना गर्छु त्यस दिनप्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।
18 O Senhor lhe conceda que, naquele Dia, ache misericórdia diante do Senhor. E, quanto me ajudou em Éfeso, melhor o sabes tu.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Timóteo 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.