2 Reis 23
Nepali Bible (GL_NEPALI) vs ARC
1 राजा योशियाहले यहूदा यरूशलेमका सबै अगुवाहरूलाई आउनु अनि उनीहरूसँग भेट गर्नु भनी बताए।
1 Então, o rei ordenou, e todos os anciãos de Judá e de Jerusalém se ajuntaram a ele.
2 तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।
2 E o rei subiu à Casa do Senhor , e com ele todos os homens de Judá, e todos os moradores de Jerusalém, e os sacerdotes, e os profetas, e todo o povo, desde o menor até ao maior; e leu aos ouvidos deles todas as palavras do livro do concerto, que se achou na Casa do Senhor .
3 राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।
3 E o rei se pôs em pé junto à coluna e fez o concerto perante o Senhor , para andarem com o Senhor , e guardarem os seus mandamentos, e os seus testemunhos, e os seus estatutos, com todo o coração e com toda a alma, confirmando as palavras deste concerto, que estavam escritas naquele livro; e todo o povo esteve por este concerto.
4 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीज हरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे।
4 E o rei mandou ao sumo sacerdote Hilquias, e aos sacerdotes da segunda ordem, e aos guardas do umbral da porta que se tirassem do templo do Senhor todos os utensílios que se tinham feito para Baal, e para o bosque, e para todo o exército dos céus; e os queimou fora de Jerusalém, nos campos de Cedrom, e levou as cinzas deles a Betel.
5 यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूट्टा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूट्टा पूजाहारीहरूलाई रोके।
5 Também destituiu os sacerdotes que os reis de Judá estabeleceram para incensarem sobre os altos nas cidades de Judá e ao redor de Jerusalém, como também os que incensavam a Baal, ao sol, e à lua, e aos mais planetas, e a todo o exército dos céus.
6 योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।
6 Também tirou da Casa do Senhor o ídolo do bosque para fora de Jerusalém até o ribeiro de Cedrom, e o queimou junto ao ribeiro de Cedrom, e o desfez em pó, e lançou o seu pó sobre as sepulturas dos filhos do povo.
7 तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।
7 Também derribou as casas dos prostitutos cultuais que estavam na Casa do Senhor , em que as mulheres teciam casinhas para o ídolo do bosque.
8 योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवासम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।)
8 E a todos os sacerdotes trouxe das cidades de Judá, e profanou os altos em que os sacerdotes incensavam, desde Geba até Berseba, e derribou os altos das portas, que estavam à entrada da porta de Josué, o chefe da cidade, e que estavam à mão esquerda daquele que entrava pela porta da cidade.
9 तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसंग अखमीरे रोटी खाए।
9 Mas os sacerdotes dos altos não sacrificavam sobre o altar do Senhor em Jerusalém; porém comiam pães asmos no meio de seus irmãos.
10 तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।
10 Também profanou a Tofete, que está no vale dos filhos de Hinom, para que ninguém fizesse passar a seu filho ou sua filha pelo fogo a Moloque.
11 बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।
11 Também tirou os cavalos que os reis de Judá tinham destinado ao sol, à entrada da Casa do Senhor , perto da câmara de Natã-Meleque, o eunuco, que estava no recinto; e os carros do sol queimou a fogo.
12 बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुईवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।
12 Também o rei derribou os altares que estavam sobre o terraço do cenáculo de Acaz, os quais fizeram os reis de Judá; como também o rei derribou os altares que fizera Manassés nos dois átrios da Casa do Senhor ; e, esmigalhados, os tirou dali e lançou o pó deles no ribeiro de Cedrom.
13 बितेको समयमा राजा सुलेमानले यरूशलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अश्तोरोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कमोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए।
13 O rei profanou também os altos que estavam defronte de Jerusalém, à mão direita do monte de Masite, os quais edificara Salomão, rei de Israel, a Astarote, a abominação dos sidônios, e a Quemos, a abominação dos moabitas, e a Milcom, a abominação dos filhos de Amom.
14 राजा योशियाहले सबै स्मृति स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।
14 Semelhantemente quebrou as estátuas, e cortou os bosques, e encheu o seu lugar com ossos de homens.
15 योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।
15 E também o altar que estava em Betel e o alto que fez Jeroboão, filho de Nebate, que tinha feito pecar a Israel, juntamente com aquele altar, também o alto derribou; queimando o alto, em pó o desfez e queimou o ídolo do bosque.
16 योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।
16 E, virando-se Josias, viu as sepulturas que estavam ali no monte, e enviou, e tomou os ossos das sepulturas, e os queimou sobre aquele altar, e assim o profanou, conforme a palavra do Senhor , que apregoara o homem de Deus, quando apregoou estas palavras.
17 योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?”त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेश्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेश्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।”
17 Então, disse: Que é este monumento que vejo? E os homens da cidade lhe disseram: É a sepultura do homem de Deus que veio de Judá, e apregoou estas coisas que fizeste contra este altar de Betel.
18 योशियाहले भने, “परमेश्वरको जनलाई एक्लै छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामरियाबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।
18 E disse: Deixai-o estar; ninguém mexa nos seus ossos. Assim, deixaram estar os seus ossos com os ossos do profeta que viera de Samaria.
19 योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए। र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।
19 De mais disso, também Josias tirou todas as casas dos altos que havia nas cidades de Samaria, e que os reis de Israel tinham feito para provocarem o Senhor à ira; e lhes fez conforme todos os atos que tinha praticado em Betel.
20 योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।
20 E sacrificou todos os sacerdotes dos altos, que havia ali, sobre os altares, e queimou ossos de homens sobre eles; depois, voltou a Jerusalém.
21 तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
21 E o rei deu ordem a todo o povo, dizendo: Celebrai a Páscoa ao Senhor , vosso Deus, como está escrito no livro do concerto.
22 मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायाधीशहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्।
22 Porque nunca se celebrou tal Páscoa como esta desde os dias dos juízes que julgaram a Israel, nem em todos os dias dos reis de Israel, nem tampouco dos reis de Judá.
23 तिनीहरू योशियाह राजा हुँदा अठारहौं वर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए।
23 Porém, no ano décimo oitavo do rei Josias, esta Páscoa se celebrou ao Senhor , em Jerusalém.
24 योशियाहले धामी झाँक्रि, जादुगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यरूशलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दा चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइऐको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे।
24 E também os adivinhos, e os feiticeiros, e os terafins, e os ídolos, e todas as abominações que se viam na terra de Judá e em Jerusalém, os extirpou Josias, para confirmar as palavras da lei, que estavam escritas no livro que o sacerdote Hilquias achara na Casa do Senhor .
25 योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुसरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।
25 E antes dele não houve rei semelhante, que se convertesse ao Senhor com todo o seu coração, e com toda a sua alma, e com todas as suas forças, conforme toda a Lei de Moisés; e, depois dele, nunca se levantou outro tal.
26 तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोडनु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।
26 Todavia, o Senhor se não demoveu do ardor da sua grande ira, ira com que ardia contra Judá, por todas as provocações com que Manassés o tinha provocado.
27 परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”
27 E disse o Senhor : Também a Judá hei de tirar de diante da minha face, como tirei a Israel, e rejeitarei esta cidade de Jerusalém que elegi, como também a casa de que disse: Estará ali o meu nome.
28 सबै अरू कामहरू जो योशियाहले गरे, ‘यहूदाका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएका छन्।
28 Ora, o mais dos atos de Josias e tudo quanto fez, porventura, não estão escritos no livro das Crônicas dos Reis de Judá?
29 योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।
29 Nos seus dias, subiu Faraó-Neco, rei do Egito, contra o rei da Assíria, ao rio Eufrates; e o rei Josias lhe foi ao encontro; e, vendo-o ele, o matou em Megido.
30 योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे।तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।
30 E seus servos o levaram morto de Megido, e o trouxeram a Jerusalém, e o sepultaram na sua sepultura; e o povo da terra tomou a Joacaz, filho de Josias, e o ungiram, e o fizeram rei em lugar de seu pai.
31 यहोआहाज तेईस वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्।
31 Tinha Joacaz vinte e três anos de idade quando começou a reinar e três meses reinou em Jerusalém; e era o nome de sua mãe Hamutal, filha de Jeremias, de Libna.
32 यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।
32 E fez o que era mal aos olhos do Senhor , conforme tudo o que fizeram seus pais.
33 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।
33 Porém Faraó-Neco o mandou prender em Ribla, em terra de Hamate, para que não reinasse em Jerusalém; e à terra impôs a pena de cem talentos de prata e um talento de ouro.
34 फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेको एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।
34 Também Faraó-Neco estabeleceu rei a Eliaquim, filho de Josias, em lugar de Josias, seu pai, e lhe mudou o nome em Jeoaquim; porém a Joacaz tomou consigo, e veio ao Egito e morreu ali.
35 यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।
35 E Jeoaquim deu aquela prata e aquele ouro a Faraó; porém fintou a terra, para dar esse dinheiro conforme o mandado de Faraó; a cada um, segundo a sua avaliação, demandou a prata e o ouro do povo da terra, para o dar a Faraó-Neco.
36 यहोयाकीम 25 वर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्।
36 Tinha Jeoaquim vinte e cinco anos de idade quando começou a reinar e reinou onze anos em Jerusalém; e era o nome de sua mãe Zebida, filha de Pedaías, de Ruma.
37 यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।
37 E fez o que era mal aos olhos do Senhor , conforme tudo quanto fizeram seus pais.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Reis 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.