2 Reis 19
Nepali Bible (GL_NEPALI) vs ARA
1 राजा हिजकियाहले ती कुराहरू सुने अनि आफू दुःखी र चिन्तित देखाउनका लागि उनले आफ्नो लुगा च्याते। त्यसपछि तिनी परमप्रभुको मन्दिरभित्र पसे।
1 Tendo o rei Ezequias ouvido isto, rasgou as suas vestes, cobriu-se de pano de saco e entrou na Casa do Senhor .
2 हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो।
2 Então, enviou a Eliaquim, o mordomo, a Sebna, o escrivão, e os anciãos dos sacerdotes cobertos de pano de saco, ao profeta Isaías, filho de Amoz;
3 राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं।
3 os quais lhe disseram: Assim diz Ezequias: Este dia é dia de angústia, de disciplina e de opróbrio; porque filhos são chegados à hora de nascer, e não há força para dá-los à luz.
4 सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘
4 Porventura, o Senhor , teu Deus, terá ouvido todas as palavras de Rabsaqué, a quem o rei da Assíria, seu senhor, enviou para afrontar o Deus vivo, e repreenderá as palavras que ouviu; ergue, pois, orações pelos que ainda subsistem.
5 राजा हिजकियाहका अधिकारीहरू यशैयाहकहाँ गए।
5 Foram, pois, os servos do rei Ezequias a ter com Isaías;
6 यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन।
6 Isaías lhes disse: Dizei isto a vosso senhor: Assim diz o Senhor : Não temas por causa das palavras que ouviste, com as quais os servos do rei da Assíria blasfemaram de mim.
7 म उसमा आत्मा समावेश गराउँदैछु। उनले अफवाह सुन्ने छन्। त्यसपछि उनी आफ्नो देशतिर फर्किए र भाग्ने छन्। अनि म उनलाई उनको देशमा तरवारले छिनाउनेछु।”‘
7 Eis que meterei nele um espírito, e ele, ao ouvir certo rumor, voltará para a sua terra; e nela eu o farei cair morto à espada.
8 सेनापतिले सुने अश्शूरका राजा लाकीशबाट हिंडे। यसकारण सेनापतिले आफ्ना राजालाई लिब्नाको विरूद्धमा लडाइँ गर्दै गरेको पाए।
8 Voltou, pois, Rabsaqué e encontrou o rei da Assíria pelejando contra Libna; porque ouvira que o rei já se havia retirado de Laquis.
9 अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः
9 O rei ouviu que a respeito de Tiraca, rei da Etiópia, se dizia: Eis saiu para guerrear contra ti. Assim, tornou a enviar mensageiros a Ezequias, dizendo:
10 यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”
10 Assim falareis a Ezequias, rei de Judá: Não te engane o teu Deus, em quem confias, dizendo: Jerusalém não será entregue nas mãos do rei da Assíria.
11 तिमीले ती सबै घट्नाहरू सुनेका छौ जो अश्शूरका राजाले अरू सबै देशहरूसित गरेका थिए। हामीले तिनीहरूलाई पूर्णतः नष्ट गर्यौ के तिमी बाच्ने छौ? अहँ!
11 Já tens ouvido o que fizeram os reis da Assíria a todas as terras, como as destruíram totalmente; e crês tu que te livrarias?
12 ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्तम गरे।
12 Porventura, os deuses das nações livraram os povos que meus pais destruíram, Gozã, Harã e Rezefe e os filhos de Éden, que estavam em Telassar?
13 हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।
13 Onde está o rei de Hamate, e o rei de Arpade, e o rei da cidade de Sefarvaim, de Hena e de Iva?
14 हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए।
14 Tendo Ezequias recebido a carta das mãos dos mensageiros, leu-a; então, subiu à Casa do Senhor , estendeu-a perante o Senhor
15 हिजकियाहले परमेश्वरको सामुन्ने प्रार्थना गरे अनि भने, “परमप्रभु इस्राएलका परमेश्वर,त्यो परमेश्वर जो करूब स्वर्गदूतमाझ राजा जस्तो बस्नुभएको छ। तपाई परमेश्वर हुनुहुन्छ तपाई मात्रै धर्तीका सबै राज्यहरूका परमेश्वर हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू र पृथ्वी बनाउनु भयो।
15 e orou perante o Senhor , dizendo: Ó Senhor , Deus de Israel, que estás entronizado acima dos querubins, tu somente és o Deus de todos os reinos da terra; tu fizeste os céus e a terra.
16 हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।
16 Inclina, ó Senhor , o ouvido e ouve; abre, Senhor , os olhos e vê; ouve todas as palavras de Senaqueribe, as quais ele enviou para afrontar o Deus vivo.
17 हे परमप्रभु, यो सत्य हो। अश्शूरका राजाहरूले ती सबै राष्ट्रहरूलाई खत्तम पारे।
17 Verdade é, Senhor , que os reis da Assíria assolaram todas as nações e suas terras
18 तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुंङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्तम पार्न सके।
18 e lançaram no fogo os deuses deles, porque deuses não eram, senão obra de mãos de homens, madeira e pedra; por isso, os destruíram.
19 यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”
19 Agora, pois, ó Senhor , nosso Deus, livra-nos das suas mãos, para que todos os reinos da terra saibam que só tu és o Senhor Deus.
20 आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।’
20 Então, Isaías, filho de Amoz, mandou dizer a Ezequias: Assim diz o Senhor , o Deus de Israel: Quanto ao que me pediste acerca de Senaqueribe, rei da Assíria, eu te ouvi,
21 “सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ! सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ। उनी तिम्रो हाँसो उडाउँछन्। यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।
21 e esta é a palavra que o Senhor falou a respeito dele: A virgem, filha de Sião, te despreza e zomba de ti; a filha de Jerusalém meneia a cabeça por detrás de ti.
22 तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?
22 A quem afrontaste e de quem blasfemaste? E contra quem alçaste a voz e arrogantemente ergueste os olhos? Contra o Santo de Israel.
23 तिमीले आफ्ना राजदूतहरू पठायौ परमप्रभुको अपमान गर्न तिमीले भन्यौ, “म सँगै धेरै मेरा रथहरू लिई अग्ला पहाडमा आएँ। म लबानोनको भित्रसम्म आएँ। मैले लबानोनका अग्ला देवदार रूखहरू असल सल्लाका रूखहरू ढाल। म लबानोनको अग्लो भागमाथि गएँ लहलहाउँदो बनमा पसें।
23 Por meio dos teus mensageiros, afrontaste o Senhor e disseste: Com a multidão dos meus carros subi ao cimo dos montes, ao mais interior do Líbano; deitarei abaixo os seus altos cedros e seus ciprestes escolhidos, chegarei a suas pousadas extremas, ao seu denso e fértil pomar.
24 मैले कुवा खनें र अञ्जान ठाउँहरूको पानी पिएँ। मेरो खुट्टाको पैतालाले मैले मिश्र देशका खोलाहरू सुकाइदिएँ।”
24 Eu mesmo cavei, e bebi as águas de estrangeiros, e com as plantas de meus pés sequei todos os rios do Egito.
25 त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो? “मैले धेरै अघि यो योजना गरें प्राचीनकाल देखि नै मैले यो योजना गरे। अनि अब, मैले यो हुन दिएको छु। मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।
25 Acaso, não ouviste que já há muito dispus eu estas coisas, já desde os dias remotos o tinha planejado? Agora, porém, as faço executar e eu quis que tu reduzisses a montões de ruínas as cidades fortificadas.
26 शहरका मानिसहरूमा शक्ति थिएन। मानिसहरू डराएका अनि अल्लमल परेका थिए। तिनीहरू खेतका रूखपात र घाँस जस्ता झर्ने भए। तिनीहरू घरका छानामा उम्रिएका घाँस जस्तै नै भए अग्लो हुनु अघि नै मर्ने।
26 Por isso, os seus moradores, debilitados, andaram cheios de temor e envergonhados; tornaram-se como a erva do campo, e a erva verde, e o capim dos telhados, e o cereal queimado antes de amadurecer.
27 म जान्दछु तिमी कहिले बस्छौ म जान्दछु तिमी कहिले लडाइँ गर्न जान्छौ अनि कहिले तिमी घर फर्किन्छौ। अनि म जान्दछु कहिले तिमी ममाथि रिसाएको हुन्छौ।
27 Mas eu conheço o teu assentar, e o teu sair, e o teu entrar, e o teu furor contra mim.
28 पक्कै तिमी म संग रिसाएका थियौ। मैले तिम्रा अभिमानी अपमानका कुराहरू सुने। यसर्थ म तिम्रो नाकमा बल्छी ठोक्छु र म तिम्रो मुखमा मेरो लगाम लगाउँछु। तब म तिमीलाई चारैतिर घुमाउनेछु र तिमी आएकै बाटो भएर तिमीलाई लैजानेछु।”
28 Por causa do teu furor contra mim e porque a tua arrogância subiu até aos meus ouvidos, eis que porei o meu anzol no teu nariz e o meu freio na tua boca e te farei voltar pelo caminho por onde vieste.
29 “यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस वर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को वर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो वर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ।
29 Isto te será por sinal: este ano, se comerá o que espontaneamente nascer e, no segundo ano, o que daí proceder; no terceiro ano, porém, semeai, e colhei, e plantai vinhas, e comei os seus frutos.
30 यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्।
30 O que escapou da casa de Judá e ficou de resto tornará a lançar raízes para baixo e dará fruto por cima;
31 किनभने केही मानिसहरू बाँचेका हुनेछन्। तिनीहरू यरूशलेमबाट बाहिर निस्केर जानेछन्। जो मानिसहरू बाँचेका हुन्छन् ती सबै सियोन डाँडाबाट बाहिर निस्केर जानेछन्। परमप्रभुको जोशले यो काम हुनेछा।
31 porque de Jerusalém sairá o restante, e do monte Sião, o que escapou. O zelo do Senhor fará isto.
32 “यसकारण परमप्रभु अश्शूरका राजाको बारेमा यस्तो भन्नुहुन्छःउ यस शहरमा आउने छैन। उ यस शहरमा एउटा पनि तीर चलाउँनेछैन। उ यस शहरमा आफ्नो ढाल ल्याउने छैन। उ फोहोर माटो को थुप्रो बनाउने छैन यस शहरका भिन्ताहरूमाथि आक्रमण गर्नेछैन।
32 Pelo que assim diz o Senhor acerca do rei da Assíria: Não entrará nesta cidade, nem lançará nela flecha alguma, não virá perante ela com escudo, nem há de levantar tranqueiras contra ela.
33 उ त्यही बाटो फर्किनेछ जुन बाटो आउँछ उ यस शहरमा आउने छैन। परमप्रभु यसो भन्नुहुन्छ,
33 Pelo caminho por onde vier, por esse voltará; mas, nesta cidade, não entrará, diz o Senhor .
34 म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”
34 Porque eu defenderei esta cidade, para a livrar, por amor de mim e por amor de meu servo Davi.
35 त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।
35 Então, naquela mesma noite, saiu o Anjo do Senhor e feriu, no arraial dos assírios, cento e oitenta e cinco mil; e, quando se levantaram os restantes pela manhã, eis que todos estes eram cadáveres.
36 यसकारण अश्शूरका राजा सनहेरीबले त्यो ठाउँ छोडे अनि नीनवे फर्किए जहाँ तिनी बस्ने गर्दथे।
36 Retirou-se, pois, Senaqueribe, rei da Assíria, e se foi; voltou e ficou em Nínive.
37 एकदिन सनहेरीब निसोकका मन्दिरमा आफ्नो देवताको पूजा गरिरहेका थिए। उसका छोराहरू अद्रमेलेक र शरेसेरले उनलाई तरवारले काटेर मारे। त्यसपछि अद्रमेलेक र शरेसेर भागेर अरारात प्रदेशमा गए। अनि सनहेरीबका छोरा एसरहद्दोन उनीपछि नयाँ राजा भए।
37 Sucedeu que, estando ele a adorar na casa de Nisroque, seu deus, Adrameleque e Sarezer, seus filhos, o feriram à espada; e fugiram para a terra de Ararate; e Esar-Hadom, seu filho, reinou em seu lugar.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Reis 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.