2 Reis 18
Nepali Bible (GL_NEPALI) vs NVI
1 आहारजका छोरा हिजकियाह यहूदाका राजा थिए। एलाका छोरा होशे इस्राएलका राजा हुँदा तेस्रो वर्षमा हिजकियाहले शासन गर्न शुरू गरे।
1 No terceiro ano do reinado de Oséias, filho de Elá, rei de Israel, Ezequias, filho de Acaz, rei de Judá, começou a reinar.
2 हिजकियाह 25 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। हिजकियाहले यरूशलेममा 29 वर्ष शासन गरे। उनकी आमा जकर्याहकी छोरीको नाउँ अबी थियो।
2 Ele tinha vinte e cinco anos de idade quando começou a reinar, e reinou vinte e nove anos em Jerusalém. O nome de sua mãe era Abia, filha de Zacarias.
3 हिजकियाहले ती कामहरू गरे आफ्ना पुर्खा दाऊद जस्तै जो परमप्रभुले सही भन्नुभएको थियो।
3 Ele fez o que o Senhor aprova, tal como tinha feito Davi, seu predecessor.
4 हिजकियाहले अल्गा ठाउँहरू भत्काए। उनले स्मारक ढुंङ्गाहरू फोरे अनि अश्तारोत खाँमाहरू ढाले। त्यस समयमा इस्राएलका मानिसहरूले मोशाद्वारा बनाइएको काँसाको साँपका लागि धूपबलि जलाउने गर्दथे। यस काँसको साँपलाई “नेहुरातान” भनिन्थ्यो हिजकियाहरूले यस काँसाको साँपलाई टुक्रा-टुक्रा पारे किनभने मानिसहरूले त्यस सापको पूजा गरिरहेका थिए।
4 Removeu os altares idólatras, quebrou as colunas sagradas e derrubou os postes sagrados. Despedaçou a serpente de bronze que Moisés havia feito, pois até àquela época os israelitas lhe queimavam incenso. Ela era chamada Neustã.
5 हिजकियाहले परमप्रभु इस्राएलका परमेश्वरमाथि विश्वास गर्दथे। यहूदाका राजाहरूमा उनी अघि अथवा पछि हिजकियाह जस्तो व्यक्ति कोही भएन।
5 Ezequias confiava no Senhor, o Deus de Israel. Nunca houve ninguém como ele entre todos os reis de Judá, nem antes nem depois dele.
6 हिजकियाह परमप्रभुप्रति साह्रै नै विश्वासी थिए। उनले परमप्रभुको अनुसरण गर्न छोडेनन्। उनले आदेशहरू पालन गरे जो परमप्रभुले मोशालाई दिनुभएको थियो।
6 Ele se apegou ao Senhor e não deixou de segui-lo; obedeceu aos mandamentos que o Senhor tinha dado a Moisés.
7 परमप्रभु हिजकियाहसँग हुनुहुन्थ्यो। हिजकियाह प्रत्येक काममा सफल भए जो उनले गरे।हिजकियाह अश्शूरका राजाबाट अलग भए। हिजकियाहले अश्शूरका राजाको सेवा गर्न बन्द गरे।
7 E o Senhor estava com ele; era bem sucedido em tudo o que fazia. Rebelou-se contra o rei da Assíria e deixou de submeter-se a ele.
8 हिजकियाहले गाजासम्म तथा यसको वरिपरि पलिश्तीलीहरूलाई पराजित गरे। उनले सानो देखि ठूलो सबै पलिश्तीली शहरहरू पराजित गरे।
8 Desde a torre de sentinela até à cidade fortificada, ele derrotou os filisteus, até Gaza e o seu território.
9 अश्शूरका राजा शल्मनेसेर सामरियाको विरोधमा युद्ध गर्न गए। उनको सैनिकले शहरलाई घेरे यो घटना यहूदाका राजा हिजकियाहको शासन कालको चौथो वर्षमा भयो। एलाका छोरा होशे इस्राएलका राजा भएको सातौ वर्ष पनि थियो।
9 No quarto ano do reinado do rei Ezequias, o sétimo ano do reinado de Oséias, filho de Elá, rei de Israel, Salmaneser, rei da Assíria, marchou contra Samaria e a cercou.
10 तेस्रो वर्षको अन्तमा, शल्मनेसेरले सामरिया कब्जा गरे। उनले सामरियालाई यहूदाका राजा हिजकियाहको छैटौं वर्षमा कब्जा गरे। यो इस्राएलका राजा होशे भएको नवौं वर्ष थियो।
10 Ao fim de três anos, os assírios a tomaram. Assim a cidade foi conquistada no sexto ano do reinado de Ezequias, o nono ano do reinado de Oséias, rei de Israel.
11 अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूर लगे। उनले तिनीहरूलाई हाबीर (गोजान नदी) किनारमा हलह र मादीमा बसाए।
11 O rei assírio deportou os israelitas para a Assíria e os estabeleceu em Hala, em Gozã do rio Tabor e nas cidades dos medos.
12 यस्तो घटना भयो किनभने इस्राएलीहरूले परमप्रभु आफ्नो परमेश्वरको अनुसरण गरेनन्। तिनीहरूले परमप्रभुको करारलाई मानेनन्। तिनीहरूले ती सबै कुराहरू माननेन् जो परमप्रभुका सेवक मोशाले आदेश दिएका थिए। इस्राएलका मानिसहरूले परमप्रभुको करार नसुने जस्तो गरे न त ती कामहरू गरे करारमा उनीहरूलाई गर्न भनिएको थियो।
12 Isto aconteceu porque os israelitas não obedeceram ao Senhor seu Deus, mas violaram a sua aliança: tudo o que Moisés, o servo do Senhor, tinha ordenado. Não o ouviram nem lhe obedeceram.
13 हिजकियाहको शासनकालको 14औं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका सबै शक्तिशाली शहरहरूको विरोधमा युद्ध गर्न गए। सनहेरीबले ती सबै शहरहरू जिते।
13 No décimo quarto ano do reinado do rei Ezequias, Senaqueribe, rei da Assíria, atacou todas as cidades fortificadas de Judá e as conquistou.
14 तब यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एक्लै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिर्न तयार हुनेछु।”तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिर्न् भने।
14 Então Ezequias, rei de Judá, enviou esta mensagem ao rei da Assíria, em Láquis: "Cometi um erro. Pára de atacar-me, e eu pagarei tudo que exigires". O rei da Assíria cobrou de Ezequias, rei de Judá, dez toneladas e meia de prata e uma tonelada e cinqüenta quilos de ouro.
15 हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए।
15 Assim, Ezequias lhes deu toda a prata que se encontrou no templo e na tesouraria do palácio real.
16 त्यस समयमा हिजकियाहले परमप्रभुको मन्दिरको ढोकाहरू र चौखटहरूमा लगाइएका सुन उप्काए। राजा हिजकियाहले नै ती ढोकाहरू र चौखटहरूमा सुन जोड्ने काम गरेका थिए। हिजकियाहले ती सुन अश्शूरका राजालाई दिए।
16 Nessa ocasião Ezequias, rei de Judá, retirou o ouro com que havia coberto as portas e batentes do templo do Senhor, e o deu ao rei da Assíria.
17 अश्शूरका राजाले आफ्ना अत्यन्त महत्वपूर्ण तीनजना सेनापतिहरू विशाल सेनासँगै राजा हिजकियाहकहाँ यरूशलेम पठाए। ती मानिसहरू लाकीशबाट हिंडे अनि यरूशलेम पुगे। तिनीहरू माथिल्लो पोखरिको छेऊको कुलो नजिक उभिए। माथिल्लो पोखरी धोबीको खेत जाने बाटोमा थियो।
17 De Láquis o rei da Assíria enviou ao rei Ezequias, em Jerusalém, seu general, seu oficial principal e seu comandante de campo com um grande exército. Eles subiram a Jerusalém e pararam no aqueduto do açude superior, na estrada que leva ao campo do Lavandeiro.
18 यी मानिसहरूले राजालाई बोलाए। हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको महलको हेरचाह गर्दैथे।) शेब्ना (मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) तिनीहरूसँग भेट गर्न बाहिर आए।
18 Eles chamaram pelo rei; e o administrador do palácio, Eliaquim, filho de Hilquias, o secretário Sebna e o arquivista real Joá, filho de Asafe, foram ao seu encontro.
19 सेनापतिहरूमध्ये एक जनाले उनीहरूलाई भने, “अश्शूका राजा, महाराजले जे भनेका छन्, हिजकियाहलाई भनः तिमी केमाथि विश्वास गर्दछौ?
19 O comandante de campo lhes disse: "Digam isto a Ezequias: Assim diz o grande rei, o rei da Assíria: Em que você baseia sua confiança?
20 तिम्रा वचनहरू अर्थहीन छन्। तिमी भन्छौ, “युद्धमा मलाई सघाउन तिमीसँग पर्याप्त सल्लाह र शक्ति छ।” तर तिमीलाई कसले विश्वास गर्छ किनभने तिमीले मेरो नियमको उल्लंघन गरेका छौ।
20 Você pensa que meras palavras já são estratégia e poderio militar. Em quem você está confiando para se rebelar contra mim?
21 तिमी भाँचिएको बेतको लौरोको मद्दत लिंदै छौ। यो हिंड्ने लौरो मिश्र हो। यदि कोही मानिस यस लौरोको मद्दत लिन्छ भने यो भाँचिन्छ र हातउँदो गएर घाइते बनाउँछ। मिश्रका राजा त्यस्तै हुन ती मानिसहरूका लागि जो उनलाई विश्वास गर्छन्।
21 Você está confiando no Egito, aquele caniço quebrado, que espeta e perfura a mão do homem que nele se apóia! Assim o faraó, rei do Egito, retribui a quem confia nele.
22 हुन सक्छ तिमी भन्ने छौ, “हामी परमप्रभु हाम्रा परमेश्वरमाथि विश्वास गर्दछौ।” तर म जान्दछु हिजकियाहले अग्ला ठाउँहरू र वेदीहरू हटाए जहाँ मानिसहरू परमप्रभुको आराधना गर्दथे हटाए। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेममा वेदीको अघि मात्र आराधना गर्ने छौ।”
22 Mas, se vocês me disserem: "Estamos confiando no Senhor nosso Deus"; não é ele aquele cujos santuários e altares Ezequias removeu, dizendo a Judá e Jerusalém: "Vocês devem adorar diante deste altar em Jerusalém? "
23 अब अश्शूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु।
23 Aceite, pois, agora, o desafio do meu senhor, o rei da Assíria: Eu lhe darei dois mil cavalos; se você tiver cavaleiros para eles!
24 तिमी मेरा मालिकका अधिकारीहरूमध्ये तल्लो स्तरका एक जना अधिकारीलाई परास्त गर्न सक्ने छैनौ। तिमी रथ र घोडाका सैनिकहरूका लागि मिश्रमाथि भर पर्छौ।
24 Como você pode derrotar o mais insignificante guerreiro do meu senhor? Você confia no Egito para lhe dar carros de guerra e cavaleiros?
25 म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छु “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”
25 Além disso, será que vim atacar e destruir este local sem uma palavra da parte do Senhor? O próprio Senhor me disse que marchasse contra este país e o destruísse".
26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले सेनापतिलाई भने, “कृपया हामीसँग अरामी भाषामा कुरा गर। हामी त्यो भाषा बुझ्छौं। यहूदाको भाषामा हामीसँग कुरा नगर किनभने पर्खालमाथि उभिएका मानिसहरूले सुन्ने छन्।”
26 Então Eliaquim, filho de Hilquias, Sebna e Joá disseram ao comandante de campo: "Por favor, fala com teus servos em aramaico, porque entendemos essa língua. Não fales em hebraico, pois assim o povo que está sobre os muros entenderá".
27 तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्रा राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”
27 O comandante, porém, respondeu: "Será que meu senhor enviou-me para dizer essas coisas, somente para o seu senhor e para você e não para os que estão sentados no muro, que, como vocês, terão de comer as próprias fezes e beber a própria urina? "
28 तब सेनापति जोरसित हिब्रू भाषामा कराएर भने, “महाराजाधिराज, अश्शूरका राजाबाट यो सन्देश सुन।
28 Então o comandante levantou-se e gritou em hebraico: "Ouçam a palavra do grande rei, o rei da Assíria!
29 राजा भन्दछन्, ‘हिजकियाहलाई मूर्ख बनाउन नदेऊ। उनले तिमीलाई मेरो शक्तिबाट बचाउन सक्दैनन्।’
29 Assim diz o rei: Não deixem que Ezequias os engane. Ele não poderá livrá-los de minha mão.
30 हिजकियाहले परमप्रभुप्रति तिमीहरू विश्वास गर्ने बनाउन नसकोस्। हिजकियाह भन्दछन्, ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ! अश्शूरकाले राजा यस शहरलाई परास्त गर्ने छैनन्!’
30 Não deixem Ezequias convencê-los a confiar no Senhor, quando diz: ‘Com certeza o Senhor nos livrará; esta cidade não será entregue nas mãos do rei da Assíria’.
31 तर हिजकियाहका कुरा नसुन्!“अश्शूरका राजा यस्तो भन्दछन्; ‘मसित शान्ति सन्धि गर अनि मसँग मिल। तब तिमीहरूमध्ये प्रत्येकले आफ्नो आइफल, आफ्नै अंञ्जीर फल अनि आफ्नै कपको पानी खान सक्ने छौ।
31 Não dêem ouvidos a Ezequias. Assim diz o rei da Assíria: Façam paz comigo e rendam-se. Então cada um de vocês comerá de sua própria videira e de sua própria figueira e beberá água de sua própria cisterna,
32 तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जान्न। यो ठाउँ अन्न र नयाँ दाखरस, गहुँ र अंङ्गुर र अंडीर महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ।’
32 até que eu venha e os leve para uma terra igual à de vocês, terra de cereais, de vinho, terra de pão e de vinhas, terra de oliveiras e de mel. Escolham a vida e não a morte! Não dêem ouvidos a Ezequias, pois ele os está iludindo, quando diz: ‘O Senhor nos livrará’.
33 के अर्कै राष्ट्रका देवताहरूमध्ये कसैले अश्शूरका राजाबाट उनको देशलाई बचाउन सक्यो? सकेन!
33 Será que o deus de alguma nação conseguiu livrar sua terra das mãos do rei da Assíria?
34 हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?
34 Onde estão os deuses de Hamate e de Arpade? Onde estão os deuses de Sefarvaim, Hena e Iva? Acaso livraram Samaria das minhas mãos?
35 सकेनन् के अरू देशका देवताहरू मध्ये कसैले आफ्नो देश मबाट बचाउन सके? सकेनन् के परमप्रभुले मबाट यरूशलेमलाई बचाउन सक्नुहुन्छ? सक्दैनन्।”
35 Qual dentre todos os deuses dessas nações conseguiu livrar sua terra do meu poder? Como então o Senhor poderá livrar Jerusalém das minhas mãos? "
36 तर मानिसहरू बोलेका थिएनन्। तिनीहरूले सेनापतिलाई एक शब्द पनि भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई आदेश दिएका थिए। उनले भने, “उनलाई केही नभन।”
36 Mas o povo permaneceu calado e nada disse em resposta, pois o rei tinha ordenado: "Não lhe respondam".
37 हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) हिजकियाहसमक्ष आए। तिनीहरूको लुगा च्यातिएको थियो र तिनीहरू दुःखी भएको बुझिन्थ्यो। तिनीहरूले हिजकियाहलाई सबै कुरा भने जो अश्शूरका सेनापतिले भनेका थिए।
37 Então o administrador do palácio, Eliaquim, filho de Hilquias, o secretário Sebna e o arquivista real Joá, filho de Asafe, retornaram com as vestes rasgadas a Ezequias e lhe relataram o que o comandante de campo tinha dito.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Reis 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.