2 Crônicas 34
Nepali Bible (GL_NEPALI) vs ARIB
1 योशियाह आठ वर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस वर्षसम्म यरूशलेममा राजा थिए।
1 Tinha Josias oito anos quando começou a reinar, e reinou trinta e um anos em Jerusalém.
2 योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।
2 Fez o que era reto aos olhos do Senhor, e andou nos caminhos de Davi, seu pai, sem se desviar deles nem para a direita nem para a esquerda.
3 जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।
3 Pois no oitavo ano do seu reinado, sendo ainda moço, começou a buscar o Deus de Davi, seu pai; e no duodécimo ano começou a purificar Judá e Jerusalém, dos altos, dos aserins e das imagens esculpidas e de fundição.
4 मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए।
4 Foram derribados na presença dele os altares dos baalins; e ele derribou os altares de incenso que estavam acima deles; os aserins e as imagens esculpidas e de fundição ele os quebrou e reduziu a pó, que espargiu sobre as sepulturas dos que lhes tinham sacrificado.
5 योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे।
5 E os ossos dos sacerdotes queimou sobre os seus altares; e purificou Judá e Jerusalém.
6 योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।
6 E nas cidades de Manassés, de Efraim, de Simeão e ainda até Naftali, em seus lugares assolados ao redor,
7 योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।
7 derribou os altares, reduziu a pó os aserins e as imagens esculpidas, e cortou todos os altares de incenso por toda a terra de Israel. Então, voltou para Jerusalém.
8 जब योशियाह यहूदाका राजाका रूपमा अठाह्रौ वर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे।यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहूदा अनि मन्दिरलाइ शुद्ध तुल्याउन सकून्।
8 No décimo oitavo ano do seu reinado, havendo já purificado a terra e a casa, ele enviou Safã, filho de Azalias, Maaséias, o governador da cidade, e Joá, filho de Joacaz, o cronista, para repararem a casa do Senhor seu Deus.
9 ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।
9 E foram ter com Hilquias, o sumo sacerdote, e entregaram o dinheiro que se tinha trazido à casa de Deus, e que os levitas, guardas da entrada, tinham recebido da mão de Manassés, de Efraim e de todo o resto de Israel, como também, de todo o Judá e Benjamim, e dos habitantes de Jerusalém.
10 तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम देख-रेख गरे। अनि देख-रेख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।
10 E eles o entregaram nas mãos dos oficiais que eram superintendentes da casa do Senhor; estes o deram aos que faziam a obra e que trabalhavam na casa do Senhor, para consertarem e repararem a casa.
11 तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।
11 Deram-no aos carpinteiros e aos edificadores, a fim de comprarem pedras lavradas, e madeiras para as junturas e para servirem de vigas para as casas que os reis de Judá tinham destruído.
12 मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए।
12 E os homens trabalhavam fielmente na obra; e os superintendentes sobre eles eram Jaate e Obadias, levitas, dos filhos de Merári, como também Zacarias e Mesulão, dos filhos dos coatitas, para adiantarem a obra; e todos os levitas que eram entendidos em instrumentos de música.
13 लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।व्
13 Estavam sobre os carregadores e dirigiam todos os que trabalhavam em qualquer sorte de serviço; também dentre os levitas eram os escrivães, os oficiais e os porteiros.
14 लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले ‘परमप्रभुको व्यवस्थाको पुस्तक’ पाए जो मोशा द्वारा दिइएको थियो।
14 Ora, quando estavam tirando o dinheiro que se tinha trazido à casa do Senhor, Hilquias, o sacerdote, achou o livro da lei do Senhor dada por intermédio de Moisés.
15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
15 Disse Hilquias a Safã, o escrivão: Achei o livro da lei na casa do Senhor. E entregou o livro a Safã.
16 शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।
16 Safã levou o livro ao rei, e deu conta também ao rei, dizendo: Teus servos estão fazendo tudo quanto se lhes encomendou.
17 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।”
17 Tomaram o dinheiro que se achou na casa do Senhor, e o entregaram nas mãos dos superintendentes e nas mãos dos que fazem a obra.
18 तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।
18 Safã, o escrivão, falou ainda ao rei, dizendo: O sacerdote Hilquias entregou-me um livro. E Safã leu nele perante o rei.
19 जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते।
19 Quando o rei ouviu as palavras da lei, rasgou as suas vestes.
20 तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।
20 E o rei ordenou a Hilquias, a Aicão, filho de Safã, a Abdom, filho de Mica, a Safã, o escrivão, e a Asaías, servo do rei, dizendo:
21 राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”
21 Ide, consultai ao Senhor por mim e pelos que restam em Israel e em Judá, sobre as palavras deste livro que se achou; pois grande é o furor do Senhor que se tem derramado sobre nos por não terem os nossos pais guardado a palavra do Senhor, para fazerem conforme tudo quanto está escrito neste livro.
22 हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।
22 Então Hilquias e os enviados do rei foram ter com a profetisa Hulda, mulher de Salum, filho de Tocate, filho de Hasra, o guarda das vestiduras {ela habitava então em Jerusalém na segunda parte}; e lhe falaram a esse respeito.
23 हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो होः राजा योशियाहलाई भनः
23 E ela lhes respondeu: Assim diz o Senhor, Deus de Israel: Dizei ao homem que vos enviou a mim:
24 ‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।
24 Assim diz o Senhor: Eis que trarei o mal sobre este lugar, e sobre os seus habitantes, a saber, todas as maldições que estão escritas no livro que se leu perante o rei de Judá.
25 म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’
25 Porque me deixaram, e queimaram incenso a outros deuses, para me provocarem à ira com todas as obras das suas mãos; portanto o meu furor se derramará sobre este lugar, e não se apagará.
26 तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।
26 Todavia ao rei de Judá, que vos enviou para consultar ao Senhor, assim lhe direis: Assim diz o Senhor, Deus de Israel: Quanto às palavras que ouviste,
27 योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ।
27 porquanto o teu coração se enterneceu, e te humilhaste perante Deus, ouvindo as suas palavras contra este lugar e contra os seus habitantes, e te humilhaste perante mim, e rasgaste as tuas vestes, e choraste perante mim, também eu te ouvi, diz o Senhor.
28 म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।”‘ हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।
28 Eis que te ajuntarei a teus pais, e tu serás recolhido ao teu sepulcro em paz, e os teus olhos não verão todo o mal que hei de trazer sobre este lugar e sobre os seus habitantes. E voltaram com esta resposta ao rei.
29 तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।
29 Então o rei mandou reunir todos os anciãos de Judá e de Jerusalém;
30 राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई “करारको पुस्तकमा” भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो।
30 e o rei subiu à casa do Senhor, com todos os homens de Judá, e os habitantes de Jerusalém, e os sacerdotes, e os levitas, e todo o povo, desde o menor até o maior; e ele leu aos ouvidos deles todas as palavras do livro do pacto, que fora encontrado na casa do Senhor.
31 तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।
31 E o rei pôs-se em pé em seu lugar, e fez um pacto perante o Senhor, de andar após o Senhor, e de guardar os seus mandamentos, e os seus testemunhos, e os seus estatutos, de todo o coração e de toda a alma, a fim de cumprir as palavras do pacto, que estavam escritas naquele livro.
32 तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।
32 Também fez com que todos quantos se achavam em Jerusalém e em Benjamim o firmassem; e os habitantes de Jerusalém fizeram conforme o pacto de Deus, do Deus de seus pais.
33 इस्राएलका मानिसहरू सित विभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।
33 E Josias tirou todas as abominações de todas as terras que eram dos filhos de Israel; e ainda fez que todos quantos se achavam em Israel servissem ao Senhor seu Deus. E, enquanto ele viveu, não deixaram de seguir ao Senhor, Deus de seus pais.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.