2 Crônicas 31
Nepali Bible (GL_NEPALI) vs NVT
1 निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।
1 Quando a festa terminou, os israelitas que haviam participado saíram pelas cidades de Judá, Benjamim, Efraim e Manassés e despedaçaram todas as colunas sagradas, derrubaram os postes de Aserá e removeram os santuários e altares idólatras. Depois disso, voltaram para suas cidades e casas.
2 पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।
2 Ezequias organizou os sacerdotes e os levitas em divisões, para oferecerem os holocaustos e as ofertas de paz e para servirem, darem graças e louvarem ao S enhor junto às portas da habitação do S enhor .
3 हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।
3 O rei também contribuiu pessoalmente com animais para os holocaustos diários da manhã e da tarde e para os holocaustos dos sábados, das festas da lua nova e das festas anuais prescritas pela lei do S enhor .
4 मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।
4 Além disso, ordenou ao povo de Jerusalém que trouxesse uma parte de seus bens para os sacerdotes e os levitas, a fim de que pudessem se dedicar inteiramente à lei do S enhor .
5 देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए।
5 Quando os israelitas souberam dessa exigência, responderam generosamente e trouxeram a primeira porção de seus cereais, do vinho novo, do azeite, do mel e de tudo que os campos produziam. Trouxeram uma grande quantidade, o dízimo de tudo que haviam produzido.
6 यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।
6 Os habitantes de Israel que tinham se mudado para Judá, e os próprios habitantes de Judá, trouxeram o dízimo do gado, das ovelhas, bem como das coisas que haviam sido consagradas ao S enhor , seu Deus, e juntaram tudo em vários montões.
7 मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।
7 Começaram a amontoar as ofertas no terceiro mês e terminaram no sétimo.
8 जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
8 Quando Ezequias e seus oficiais viram esses montões, agradeceram ao S enhor e a seu povo, Israel.
9 तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे।
9 “De onde veio tudo isto?”, perguntou Ezequias aos sacerdotes e aos levitas.
10 अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”
10 Azarias, o sumo sacerdote, da família de Zadoque, respondeu: “Desde que o povo começou a trazer ofertas para o templo do S enhor , temos alimento suficiente e ainda tem sobrado muito. O S enhor abençoou seu povo, e tudo isto é o que sobra”.
11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
11 Ezequias mandou preparar depósitos no templo do S enhor . Quando estavam prontos,
12 तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।
12 o povo trouxe fielmente as ofertas, os dízimos e os objetos consagrados para serem usados no templo. O levita Conanias foi encarregado desses depósitos, e seu irmão Simei era seu auxiliar.
13 कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।
13 Os supervisores subordinados a eles eram Jeiel, Azazias, Naate, Asael, Jerimote, Jozabade, Eliel, Ismaquias, Maate e Benaia. As nomeações foram feitas pelo rei Ezequias e por Azarias, o principal encarregado do templo de Deus.
14 ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।
14 Coré, filho do levita Imna, guarda da porta do Leste, foi encarregado de distribuir as ofertas voluntárias feitas a Deus, as contribuições e os objetos consagrados ao S enhor .
15 एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।
15 Seus assistentes fiéis eram Éden, Miniamim, Jesua, Semaías, Amarias e Secanias. Distribuíam as ofertas entre as famílias dos sacerdotes em suas cidades, de acordo com suas divisões, e as repartiam por igual entre idosos e jovens.
16 यी मानिसहरूले चीज-बीजहरूको संग्रह तीन वर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो।
16 Distribuíam as ofertas a todos os homens e meninos, de 3 anos para cima, que constavam dos registros genealógicos. A distribuição incluía todos que vinham ao templo do S enhor para realizar suas tarefas diárias, de acordo com suas divisões.
17 पूजाहारीहरूलाई संग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई संग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।
17 Repartiam as ofertas entre os sacerdotes que estavam listados nos registros genealógicos, de acordo com suas famílias, e entre os levitas de 20 anos para cima, anotados de acordo com suas tarefas e divisões.
18 लेवी का नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि संग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।
18 Também entregavam porções de alimento às famílias de todos que estavam listados nos registros genealógicos, incluindo as crianças pequenas, as esposas, os filhos e as filhas, pois toda a comunidade havia sido fiel ao se purificar.
19 हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई संग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले संग्रहका अंश पाउँथे।
19 Quanto aos sacerdotes, os descendentes de Arão, que viviam nos campos ao redor das cidades, foram nomeados homens para distribuir em porções a todos os sacerdotes e a todos os levitas listados nos registros genealógicos.
20 यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।
20 Assim, o rei Ezequias organizou a distribuição em todo o Judá, e fez o que era bom, certo e verdadeiro aos olhos do S enhor , seu Deus.
21 तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे - परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुसरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।
21 Em tudo que fez no serviço do templo de Deus e em seus esforços para obedecer à lei e aos mandamentos de Deus, Ezequias buscou seu Deus de todo o coração. Como resultado, foi muito bem-sucedido.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.