2 Crônicas 29
Nepali Bible (GL_NEPALI) vs BKJ
1 हिजकियाह जब पच्चीस वर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।
1 Ezequias começou a reinar quando tinha vinte e cinco anos de idade, e reinou vinte e nove anos em Jerusalém. E o nome da sua mãe era Abia, a filha de Zacarias.
2 हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।
2 E ele fez aquilo que era reto aos olhos do SENHOR, segundo tudo o que Davi, o seu pai havia feito.
3 हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो वर्षको पहिलो महीनामा गरे।
3 Ele, no primeiro ano do seu reinado, no primeiro mês, abriu as portas da casa do SENHOR, e as reparou.
4 हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तफर्को खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “मेरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर।
4 E, ele trouxe para dentro os sacerdotes e os levitas, e os reuniu na rua do leste,
5 परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन।
5 e disse-lhes: Ouvi-me, vós levitas; santificai-vos agora, e santificai a casa do SENHOR Deus dos vossos pais, e removei do santo lugar a imundície.
6 हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए।
6 Porque os nossos pais têm transgredido e feito aquilo que era mau aos olhos do SENHOR nosso Deus, e o têm abandonado, e desviado as suas faces da habitação do SENHOR, e virado as suas costas.
7 तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।
7 Eles também têm fechado as portas do pórtico, e apagado as lâmpadas, e não têm queimado incenso, nem oferecido ofertas queimadas no santo lugar para o Deus de Israel.
8 यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ।
8 Porquanto a ira do SENHOR esteve sobre Judá e Jerusalém, e ele os entregou à pertubação, ao espanto, e ao assobio, como vedes com os vossos olhos.
9 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए।
9 Porque eis que os nossos pais têm caído pela espada, e os nossos filhos e as nossas filhas e as nossas esposas estão no cativeiro por isto.
10 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।
10 Agora, está no meu coração fazer um pacto com o SENHOR Deus de Israel, para que se desvie de nós a sua ira ardente.
11 यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
11 Meus filhos, não sejais agora negligentes; porque o SENHOR vos tem escolhido para se porem de pé diante dele, para servi-lo, e para que ministreis a ele, e queimeis incenso.
12 यो त्यहाँ भएका लेवीहरूको सूचीहो जसले काम गर्न शुरू गरेः कहातका परिवारबाट अमासैका छोरा महत अनि अजर्याहका छोरा योएल थिए।
12 Então, se levantaram os levitas, Maate, o filho de Amasai, e Joel, o filho de Azarias, dos filhos dos coatitas; e dos filhos de Merari; Quis, o filho de Abdi, e Azarias, o filho de Jealelel; e dos gersonitas; Joá, o filho de Zima, e Éden, o filho de Joá;
13 मरारीका परिवारबाट अब्दीका छोरा कीश अनि यहल्लेलका छोरा अजर्याह थिए। गेर्शोनका परिवारबाट जीम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए।
13 e dos filhos de Elisafã, Sinri e Jeiel; e dos filhos de Asafe, Zacarias e Matanias;
14 एलीसापानका परिवारहरूबाट शिम्री अनि यूएल थिए। आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए। हेमानका परिवारहरूबाट यहूएल अनि शिमी थिए। यदूतूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।
14 e dos filhos de Hemã; Jeiel, e Simei; e dos filhos de Jedutum, Semaías e Uziel.
15 तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।
15 E eles reuniram os seus irmãos, e se santificaram e vieram, de acordo com o mandado do rei, pelas palavras do SENHOR, para purificar a casa do SENHOR.
16 पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे।
16 E os sacerdotes entraram na parte interior da casa do SENHOR para purificá-la, e trouxeram para fora toda a imundície que encontraram no templo do SENHOR até o átrio da casa do SENHOR. E os levitas a tomaram para lançá-la ao ribeiro de Cedrom.
17 पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे।
17 Ora, eles começaram a santificar no primeiro dia do primeiro mês, e no oitavo dia do mês chegaram ao pórtico do SENHOR; assim santificaram a casa do SENHOR em oito dias; e no décimo sexto dia do primeiro mês eles terminaram.
18 तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।
18 Então, eles adentraram a Ezequias, o rei, e disseram: Limpamos toda a casa do SENHOR, e o altar da oferta queimada, com todos os seus vasos, e a mesa do pão da proposição, com todos os seus vasos.
19 आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
19 Além disso, todos os vasos, os quais o rei Acaz no seu reino lançou fora na sua transgressão, nós preparamos e santificamos, e, eis que eles estão diante do altar do SENHOR.
20 राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए।
20 Então, o rei Ezequias, levantou-se cedo e reuniu os governantes da cidade, e subiu até a casa do SENHOR.
21 तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।
21 E eles trouxeram sete novilhos, e sete carneiros, e sete cordeiros e sete bodes, para uma oferta pelo pecado em favor do reino, e do santuário e de Judá. E ele ordenou aos sacerdotes, aos filhos de Arão, que os oferecessem sobre o altar do SENHOR.
22 यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए।
22 Assim, eles mataram os novilhos e os sacerdotes receberam o sangue e o aspergiram sobre o altar; de modo semelhante, quando terminaram de matar os carneiros; eles aspergiram o sangue sobre o altar; também mataram os cordeiros e aspergiram o sangue sobre o altar.
23 त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुन्ने ल्याए। ती बाख्राहरू पाप बलि थिए।
23 E trouxeram diante do rei e da congregação os bodes para a oferta pelo pecado; e impuseram as suas mãos sobre eles;
24 पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगत द्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।
24 e os sacerdotes os mataram, e com o seu sangue eles fizeram expiação sobre o altar, para reconciliar todo o Israel; porque o rei ordenara que a oferta queimada e a oferta pelo pecado fossem feitas por todo o Israel.
25 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।
25 E, ele pôs os levitas na casa do SENHOR com címbalos, com saltérios e com harpas, de acordo com o mandamento de Davi, e de Gade, o vidente do rei, e de Natã, o profeta; porque assim foi o mandamento do SENHOR pelos seus profetas.
26 यसर्थ लेवीहरू दाऊदका वाद्य यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए।
26 E os levitas puseram-se em pé com os instrumentos de Davi, e os sacerdotes com as trombetas.
27 तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए।
27 E Ezequias ordenou que se oferecesse a oferta queimada sobre o altar. E quando começou a oferta queimada, começou também o cântico do SENHOR com as trombetas, e com os instrumentos ordenados por Davi, rei de Israel.
28 सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।
28 E toda a congregação adorou, e os cantores cantavam, e as trombetas soavam; e tudo isso continuou até que a oferta queimada foi terminada.
29 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे।
29 E quando eles terminaram a oferta, o rei e todos os que estavam presentes com ele se curvaram, e adoraram.
30 राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।
30 Além disso, o rei Ezequias, e os príncipes, ordenaram aos levitas que cantassem louvor ao SENHOR com as palavras de Davi, e de Asafe, o vidente. E eles cantaram louvores com alegria, e curvaram as suas cabeças e adoraram.
31 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए।
31 Então, Ezequias respondeu e disse: Agora tendes vos consagrado ao SENHOR, aproximai-vos e trazei sacrifícios e ofertas de gratidão para a casa do SENHOR. E a congregação trouxe sacrifícios e ofertas de gratidão; e todos os que estavam livres de coração, trouxeram as ofertas queimadas.
32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100वटा भेडाहरू अनि 200 भेडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।
32 E o número das ofertas queimadas, as quais a congregação trouxe, foi de setenta novilhos, cem carneiros, e duzentos cordeiros; todos estes eram para uma oferta queimada ao SENHOR.
33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेडा अनि बाख्रहरू थिए।
33 E as coisas consagradas foram seiscentos bois e três mil ovelhas.
34 तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।
34 Porém, os sacerdotes eram pouquíssimos, de modo que não conseguiram esfolar todas as ofertas queimadas; porquanto os seus irmãos, os levitas, ajudaram-lhes, até que a obra foi terminada, e até que outros sacerdotes se santificaram; porque os levitas eram mais retos de coração para se santificarem do que os sacerdotes.
35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।
35 E também as ofertas queimadas foram em abundância, com a gordura das ofertas de paz, e as ofertas de bebida para cada oferta queimada. Assim, o serviço da casa do SENHOR foi posto em ordem.
36 हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा। अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।
36 E Ezequias, e todo o povo se alegraram, por causa daquilo que Deus tinha preparado para o povo; porque subitamente se fez esta obra.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.