2 Crônicas 28

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 आहाज बीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो।
1 Acaz tinha vinte anos de idade quando começou a reinar, e reinou dezesseis anos em Jerusalém. Ao contrário de Davi, seu predecessor, não fez o que o Senhor aprova.
2 आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।
2 Ele andou nos caminhos dos reis de Israel e fez ídolos de metal para adorar os baalins.
3 आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए।
3 Queimou sacrifícios no vale de Ben-Hinom e chegou até a queimar seus filhos em sacrifício, imitando os costumes detestáveis das nações que o Senhor havia expulsado de diante dos israelitas.
4 आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।
4 Também ofereceu sacrifícios e queimou incenso nos altares idólatras, no alto das colinas e debaixo de toda árvore frondosa.
5 आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे।
5 Por isso o Senhor, o seu Deus, entregou-o nas mãos do rei da Síria. Os arameus o derrotaram, fizeram muitos prisioneiros entre o seu povo e os levaram para Damasco. Israel também lhe infligiu grande derrota.
6 पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए।
6 Num único dia, Peca, filho de Remalias, matou cento e vinte mil soldados corajosos de Judá; pois Judá havia abandonado o Senhor, o Deus dos seus antepassados.
7 जिक्री एप्रैमका एक साहसी सैनिक थिए। जिक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।
7 Zicri, guerreiro efraimita, matou Maaséias, filho do rei, Azricão, oficial encarregado do palácio, e Elcana, o braço direito do rei.
8 इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।
8 Os israelitas levaram para Samaria duzentos mil prisioneiros dentre os seus parentes, incluindo mulheres, meninos e meninas. Também levaram muitos despojos.
9 तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ।
9 Mas um profeta do Senhor, chamado Odede, estava em Samaria e saiu ao encontro do exército. Ele lhes disse: "Estando irado contra Judá, o Senhor, o Deus dos seus antepassados, entregou-os nas mãos de vocês. Mas a fúria com que vocês os mataram chegou aos céus.
10 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ।
10 E agora ainda pretendem escravizar homens e mulheres de Judá e de Jerusalém. Vocês também não são culpados de pecados contra o Senhor, o seu Deus?
11 मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”
11 Agora, ouçam-me! Mandem de volta seus irmãos que vocês fizeram prisioneiros, pois o fogo da ira do Senhor está sobre vocês".
12 तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए।
12 Então Azarias, filho de Joanã, Berequias, filho de Mesilemote, Jeizquias, filho de Salum, e Amasa, filho de Hadlai, que eram alguns dos chefes de Efraim, questionaram os que estavam chegando da guerra, dizendo:
13 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”
13 "Não tragam os prisioneiros para cá. Caso contrário seremos culpados diante do Senhor. Vocês querem aumentar ainda mais o nosso pecado e a nossa culpa? A nossa culpa já é grande, e o fogo da sua ira está sobre Israel".
14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए।
14 Então os soldados libertaram os prisioneiros e colocaram os despojos na presença dos líderes e de toda a assembléia.
15 ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।
15 Os homens citados nominalmente apanharam os prisioneiros e com as roupas e as sandálias dos despojos vestiram todos os que estavam nus. Deram-lhes comida, bebida, e bálsamo medicinal. Puseram sobre jumentos todos aqueles que estavam fracos. Assim os levaram de volta a seus patrícios residentes em Jericó, a cidade das Palmeiras, e voltaram para Samaria.
16 त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे।
16 Nessa época, o rei Acaz enviou mensageiros ao rei da Assíria para pedir-lhe ajuda.
17 एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अश्शूरका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे।
17 Os edomitas tinham voltado a atacar Judá fazendo prisioneiros,
18 पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।
18 e os filisteus atacaram cidades na Sefelá e no sul de Judá. Conquistaram e ocuparam Bete-Semes, Aijalom e Gederote, bem como Socó, Timna e Ginzo, com os seus povoados ao redor.
19 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए।
19 O Senhor humilhou Judá por causa de Acaz, rei de Israel, por sua conduta desregrada em Judá, muito infiel ao Senhor.
20 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।
20 Quando chegou Tiglate-Pileser, rei da Assíria, causou-lhe problemas em vez de ajudá-lo.
21 आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।
21 Acaz apanhou algumas coisas do templo do Senhor, do palácio real e dos líderes e ofereceu-as ao rei da Assíria, mas isso não adiantou.
22 आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।
22 Mesmo nessa época em que passou por tantas dificuldades, o rei Acaz tornou-se ainda mais infiel ao Senhor.
23 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमा (तामामा छालाले बेरिएको बाजा) दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।
23 Ele ofereceu sacrifícios aos deuses de Damasco que o haviam derrotado, pois pensava: "Já que os deuses da Síria os têm ajudado, oferecerei sacrifícios a eles para que me ajudem também". Mas eles foram a causa da sua ruína e da ruína de todo o Israel.
24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना कुनामा राखे।
24 Acaz juntou os utensílios do templo de Deus e os retirou de lá. Trancou as portas do templo do Senhor e ergueu altares em todas as esquinas de Jerusalém.
25 यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।
25 Em todas as cidades de Judá construiu altares idólatras para queimar sacrifícios a outros deuses e provocou a ira do Senhor, o Deus dos seus antepassados.
26 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्।
26 Os demais acontecimentos de seu reinado e todos os seus atos, do início ao fim, estão escritos nos registros históricos dos reis de Judá e de Israel.
27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।
27 Acaz descansou com os seus antepassados e foi sepultado na cidade de Jerusalém, mas não nos túmulos dos reis de Israel. Seu filho Ezequias foi o seu sucessor.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.