2 Crônicas 10

Nepali Bible (GL_NEPALI) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए।
1 Roboão foi até Siquém, onde todo o povo de Israel se havia reunido para fazê-lo rei.
2 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए।
2 Jeroboão, filho de Nebate, que havia fugido do rei Salomão e ido para o Egito, soube disso e voltou de lá.
3 इस्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम,
3 O povo das tribos do Norte mandou buscá-lo, e foram todos juntos falar com Roboão. Eles disseram:
4 तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।”
4 — Salomão, o seu pai, nos tratou com dureza e nos fez carregar cargas pesadas. Se o senhor tornar essas cargas mais leves e a nossa vida mais fácil, nós seremos seus servidores.
5 रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।
5 Roboão respondeu: — Voltem daqui a três dias, e aí eu darei a minha resposta. Então eles foram embora.
6 तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”
6 O rei Roboão foi falar com os homens mais velhos, que haviam sido conselheiros do seu pai, e perguntou: — Que resposta vocês me aconselham a dar a este povo?
7 ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”
7 Eles disseram: — Se o senhor for bondoso, se tratá-los bem e der uma resposta favorável ao pedido deles, então eles serão seus servidores para sempre.
8 तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए।
8 Mas Roboão não seguiu o conselho dos homens mais velhos e foi falar com os jovens que haviam crescido junto com ele e que agora eram os seus conselheiros.
9 रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”
9 — Que conselho vocês me dão? — perguntou ele. — O que é que eu digo a esse povo que está pedindo para que eu torne as suas cargas mais leves?
10 तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।” तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ।
10 Eles responderam: — Você deve dizer o seguinte: “O meu dedinho é mais grosso do que a cintura do meu pai!
11 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।”‘
11 Ele fez vocês carregarem cargas pesadas; eu vou aumentar o peso ainda mais. Ele castigou vocês com chicotes; eu vou surrá-los com correias.”
12 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”
12 Três dias depois, Jeroboão e todo o povo foram falar de novo com o rei Roboão, como ele havia mandado.
13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्।
13 O rei desprezou o conselho dos homens mais velhos e falou duramente com o povo,
14 राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्रा द्वारा दण्ड दिने छु।”
14 como os jovens haviam aconselhado. Ele disse: — O meu pai fez vocês carregarem cargas pesadas; eu vou aumentar o peso ainda mais. Ele castigou vocês com chicotes; eu vou surrá-los com correias.
15 यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।
15 Assim o rei Roboão não atendeu o povo. O Senhor Deus fez isso acontecer para confirmar aquilo que ele, por meio do profeta Aías, de Siló, tinha dito a Jeroboão, filho de Nebate.
16 इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए।
16 Quando os israelitas viram que o rei não ia atender o seu pedido, começaram a gritar: — Abaixo Davi e a sua família! O que foi que eles já fizeram por nós? Homens de Israel, vamos para casa! Que Roboão cuide de si mesmo! E assim os israelitas voltaram para as suas casas,
17 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।
17 deixando Roboão como rei somente do povo que morava no território da tribo de Judá.
18 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।
18 Então o rei Roboão mandou que Adonirão, o encarregado dos trabalhadores forçados, fosse falar com os israelitas, mas eles o mataram a pedradas. Porém Roboão subiu depressa no seu carro de guerra e fugiu para Jerusalém.
19 त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।
19 Desde aquela época até hoje , o povo de Israel, o Reino do Norte, está revoltado contra os reis descendentes de Davi.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.