1 Reis 20

Nepali Bible (GL_NEPALI) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 बेन-हदद अरामका राजा थिए। उनले आफ्नो सबै सेनाहरू जम्मा गरे। उनीसँग 32 जना राजाहरू थिए। तिनीहरूसँग घोडा अनि रथहरू थिए। तिनीहरूले सामरिया माथि आक्राामण गरे अनि त्यसको विरोधमा लडाईं गरे।
1 E Ben-Hadade, rei da Síria, ajuntou todo o seu exército; e havia com ele trinta e dois reis, e cavalos e carros; e subiu, e cercou a Samaria, e pelejou contra ela.
2 राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।
2 E enviou à cidade mensageiros, a Acabe, rei de Israel,
3 संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।”‘
3 Que lhe disseram: Assim diz Ben-Hadade: A tua prata e o teu ouro são meus; e tuas mulheres e os melhores de teus filhos são meus.
4 इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”
4 E respondeu o rei de Israel, e disse: Conforme a tua palavra, ó rei meu senhor, eu sou teu, e tudo quanto tenho.
5 तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै स्‌न, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ।
5 E tornaram a vir os mensageiros, e disseram: Assim diz Ben-Hadade: Enviei-te, na verdade, mensageiros que dissessem: Tu me hás de dar a tua prata, e o teu ouro, e as tuas mulheres e os teus filhos;
6 भोलि म तिम्रो घर र तिम्रा अधिकारीहरूको घर खोजीनिधि गर्न मानिसहरू पठाउँदैछु। तिमीले मेरा मानिसहरूलाई सबै बहुमूल्य वस्तुहरू दिनु पर्छ अनि तिनीहरूले ती वस्तुहरू म कहाँ ल्याउनेछन्।”‘
6 Todavia amanhã a estas horas enviarei os meus servos a ti, e esquadrinharão a tua casa, e as casas dos teus servos; e há de ser que tudo o que de precioso tiveres, eles tomarão consigo, e o levarão.
7 यसकारण राजा आहाबले देशका सबै प्रमुख अगुवाहरूको सभा बोलाए। आहाबले भने, “हेर, बेन-हदद संकट खोजिरहेका छन्। पहिला उनले मलाई भने मैले उनलाई मेरा पत्नीहरू, मेरा नानीहरू, मेरो चाँदी र मेरो सुन दिनु पर्छ। ती वस्तुहरू उनलाई दिन म राजी भएँ। अनि अहिले उनी सबै वस्तुहरू लिन चाहन्छन्।”
7 Então o rei de Israel chamou a todos os anciãos da terra, e disse: Notai agora, e vede como este homem procura o mal; pois mandou pedir-me as mulheres, os meus filhos, a minha prata e o meu ouro, e não lhos neguei.
8 तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”
8 E todos os anciãos e todo o povo lhe disseram: Não lhe dês ouvidos, nem consintas.
9 यसकारण आहाबले एक जना राजदूत बेन हदद समक्ष पठाए। आहाबले भने, “म त्यही गर्नेछु जो तिमीले पहिला भनेका थियौ। तर म तिम्रो दोस्रो आदेश पालन गर्ने छैन।”राजा बेन-हददका मानिसहरूले संदेश राजाकहाँ पुर्याए।
9 Por isso disse aos mensageiros de Ben-Hadade: Dizei ao rei, meu senhor: Tudo o que primeiro mandaste pedir a teu servo, farei, porém isto não posso fazer. E voltaram os mensageiros, e lhe levaram a resposta.
10 तब दूत राजा बेन-हददबाट अर्को संदेश लिएर फर्किए। संदेश थियो, “म सामरियालाई सम्पूर्ण रूपले नष्ट पार्नेछु। म कसम खान्छु, त्यहाँ मेरा प्रत्येक मानिसका निम्ति एक मुठ्ठी धूलो पनि रहने छैन। मेरा देवताले मलाई नष्ट पारून् यदि मैले यस्तो गर्न सकिन भने!”
10 E Ben-Hadade enviou a ele mensageiros dizendo: Assim me façam os deuses, e outro tanto, que o pó de Samaria não bastará para encher as mãos de todo o povo que me segue.
11 राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”
11 Porém o rei de Israel respondeu: Dizei-lhe: Não se gabe quem se cinge das armas, como aquele que as descinge.
12 राजा बेन-हदद अरू शासकहरू सँग आफ्नो पालमा मद्यपान गरिरहेका थिए। त्यस बेला संदेशवाहकहरू आए अनि उनलाई राजा आहाबको संदेश दिए। राजा बेन-हददले आफ्ना मानिसहरूलाई आहाबको शहरलाई आक्रमण गर्न तयार हुने आदेश दिए। उनका मानिसहरू तिनीहरू आफैं युद्धका निम्ति तयार भए।
12 E sucedeu que, ouvindo ele esta palavra, estando a beber com os reis nas tendas, disse aos seus servos: Ponde-vos em ordem contra a cidade.
13 त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘
13 E eis que um profeta se chegou a Acabe rei de Israel, e lhe disse: Assim diz o Senhor: Viste toda esta grande multidão? Eis que hoje ta entregarei nas tuas mãos, para que saibas que eu sou o Senhor.
14 आहाबले भने, “तिनीहरूलाई परास्त गर्नका लागि तपाईं कसलाई प्रयोगगर्न हुनेछ?”अगमवक्ताले भने, “परमप्रभु भन्नुहुन्छ, ‘सरकारी अधिकारीका साना सहायकहरू।”‘तब राजाले सोधे, “मुख्य सेनालाई कसले नियन्त्रण गर्छ?”अगमवक्ताले उत्तर दिए, “तपाईंले।”
14 E disse Acabe: Por quem? E ele disse: Assim diz o Senhor: Pelos moços dos príncipes das províncias. E disse: Quem começará a peleja? E disse: Tu.
15 यसकारण आहाबले सरकारी अधिकारीका तरूण सहायकहरूलाई भेला गरे। ती जम्मा 232 जना तन्देरी मानिसहरू थिए। तब राजाले इस्राएलका सेनाहरूलाई एकसाथ बोलाए। जम्मा संख्या 7,000 पुग्यो।
15 Então contou os moços dos príncipes das províncias, e foram duzentos e trinta e dois; e depois deles contou a todo o povo, todos os filhos de Israel, sete mil.
16 राजा बेन-हदद अनि 32 जना राजाहरू जो उनलाई सघाउथे तिनीहरू आ-आफ्नो पाल भित्र मद्यपान गरिरहेका थिए। यसै बेला राजा आहाबको आक्रामण शुरू भयो।
16 E saíram ao meio-dia; e Ben-Hadade estava bebendo e embriagando-se nas tendas, ele e os reis, os trinta e dois reis, que o ajudavam.
17 तन्देरी सहायकहरूले पहिला आक्रामण गरे। राजा बेन-हददका मानिसहरूले उनलाई भने, सैनिकहरू सामरियाबाट बाहिर निस्किए।
17 E os moços dos príncipes das províncias saíram primeiro; e Ben-Hadade enviou espias, que lhe deram avisos, dizendo: Saíram de Samaria uns homens.
18 यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”
18 E ele disse: Ainda que para paz saíssem, tomai-os vivos; e ainda que à peleja saíssem, tomai-os vivos.
19 राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।
19 Saíram, pois, da cidade os moços dos príncipes das províncias, e o exército que os seguia.
20 तब इस्राएलीहरूले प्रत्येकलाई मारे जो तिनीहरूको बाटोमा खडा थिए। यसकारण अरामका सेनाहरू भाग्न थाले। इस्राएलका सेनाहरूले तिनीको पछि लाग्ने काम गरे। राजा बेन-हदद एउटा रथको घोडामा चढेर भागे।
20 E eles feriram cada um o seu adversário, e os sírios fugiram, e Israel os perseguiu; porém Ben-Hadade, rei da Síria, escapou a cavalo, com alguns cavaleiros.
21 राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।
21 E saiu o rei de Israel, e feriu os cavalos e os carros; e feriu os sírios com grande estrago.
22 तब अगमवक्ता राजा आहाब समक्ष गए र भने, “अरामका राजा, बेन-हदद आउंदो बसन्तमा तिमीसित लडाईं गर्न फेरि आउनेछ। यसकारण तिमीले अहिले आफ्नो घर जानुपर्छ अनि आफ्नो सैनिकलाई बलियो बनाउनु पर्छ। अनि उनलाई परास्त गर्नका लागि सचेत योजनाहरू बनाऊ।”
22 Então o profeta chegou-se ao rei de Israel e lhe disse: Vai, esforça-te, e atenta, e olha o que hás de fazer; porque no decurso de um ano o rei da Síria subirá contra ti.
23 राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।
23 Porque os servos do rei da Síria lhe disseram: Seus deuses são deuses dos montes, por isso foram mais fortes do que nós; mas pelejemos com eles em campo raso, e por certo veremos, se não somos mais fortes do que eles!
24 तिमीले यही काम गर्नु पर्नेछ। सैनिकहरूलाई आदेश दिने अनुमति 32 जना राजाहरूलाई नदिनु। तिनीहरूको सैनिकहरूलाई सेनापतिहरूले नै नियन्त्रण गरून्।
24 Faze, pois, isto: tira os reis, cada um do seu lugar, e substitui-os por capitães;
25 “अब तिनी मासिएको सैनिक जस्तैं सैनिक गठन गर। त्यस सेनाका जस्तैं घोडाहरू र रथहरू भेला गर। त्यसपछि हामीले सम्म भूमिमा इस्राएलीहरू सँग लडाईं गर्नु पर्छ। तब हामी जित्ने छौं।” बेन-हददले तिनीहरूको सल्लाह माने। उनले त्यही गरे जो तिनीहरूले भने।
25 E forma outro exército, igual ao exército que perdeste, cavalo por cavalo, e carro por carro, e pelejemos com eles em campo raso, e veremos se não somos mais fortes do que eles! E deu ouvidos à sua voz, e assim fez.
26 यसकारण बेनहददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।
26 E sucedeu que, passado um ano, Ben-Hadade passou revista aos sírios, e subiu a Afeque, para pelejar contra Israel.
27 इस्राएलीहरू युद्धका लागि तयार भए। इस्राएली मानिसहरू अरामी सैनिकसित युद्ध गर्न हिंडे। तिनीहरूले अराम शिबिरको पछाडि तिर आफ्नो शिबिर बनाए। शत्रुको तुलनामा इस्राएलीहरू बाख्राका दुइवटा साना बथानहरू जस्ता देखिन्थे तर अरामेली सैनिकहरूले सबै इलाकाहरू ढाकेका थिए।
27 Também aos filhos de Israel se passou revista, e providos de víveres marcharam contra eles; e os filhos de Israel acamparam-se defronte deles, como dois pequenos rebanhos de cabras; mas os sírios enchiam a terra.
28 परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘
28 E chegou o homem de Deus, e falou ao rei de Israel, e disse: Assim diz o Senhor: Porquanto os sírios disseram: O Senhor é Deus dos montes, e não Deus dos vales; toda esta grande multidão entregarei nas tuas mãos; para que saibas que eu sou o Senhor.
29 सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।
29 E sete dias estiveram acampados uns defronte dos outros; e sucedeu ao sétimo dia que a peleja começou, e os filhos de Israel feriram dos sírios cem mil homens de pé, num dia.
30 बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।
30 E os restantes fugiram a Afeque, à cidade; e caiu o muro sobre vinte e sete mil homens, que restaram; Ben-Hadade, porém, fugiu, e veio à cidade, escondendo-se de câmara em câmara.
31 उनका सेवकहरूले उनलाई भने, “हामीले सुनेका थियौं, इस्राएलका राजाहरू दयालु छन्। हामी खस्रो लुगा लगाऔं अनि टाउकोमा डोरी बाँधौं। त्यसपछि इस्राएलका राजा कहाँ जाऔं। हुन सक्छ उनीले हामीलाई जिउँदो बस्न दिने छन्।”
31 Então lhe disseram os seus servos: Eis que já temos ouvido que os reis da casa de Israel são reis clementes; ponhamos, pois, sacos aos lombos, e cordas às cabeças, e saiamos ao rei de Israel; pode ser que ele te poupe a vida.
32 तिनीहरूले खस्रो लुगा लगाएर टाउकोमा डोरी बाँधे। तिनीहरू इस्राएलका राजाकहाँ गए। तिनीहरूले भने, “तिम्रो सेवक, बेन-हदद भन्दछन्, ‘कृपया मलाई बाँच्न देऊ।”‘आहाबले भने, “के उनी अझै जिउँदै छन्? उनी मेरा भाइ हुन्।”
32 Então cingiram sacos aos lombos e cordas às cabeças, e foram ao rei de Israel, e disseram: Diz o teu servo Ben-Hadade: Deixa-me viver. E disse Acabe: Pois ainda vive? É meu irmão.
33 बेन-हदूदका मानिसहरूले अहाबको शब्दको संकेत सुन्ने आशा गरेका थिए त्यो उसले बेन-हदूदलाई मार्ने छैन्। जब राजा आहाबले भन्यो त्यो बेन-हदद उसको भाइ थियो, सल्लाहकारले लगत्तै भने, “हो, बेन-हदद तपाईंका भाई हुन्।”आहाबले भने, “उनलाई मकहाँ ल्याऊ।” यसकारण बेन-हदद राजा आहाब समक्ष आए। राजा आहाबले उनलाई ऊ सितै रथमा बस्नभने।
33 E aqueles homens tomaram isto por bom presságio, e apressaram-se em apanhar a sua palavra, e disseram: Teu irmão Ben-Hadade vive. E ele disse: Vinde, trazei-mo. Então Ben-Hadade foi a ele, e ele o fez subir ao carro.
34 बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशाकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।”आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।
34 E disse ele: As cidades que meu pai tomou de teu pai tas restituirei, e faze para ti ruas em Damasco, como meu pai as fez em Samaria. E eu, respondeu Acabe, te deixarei ir com esta aliança. E fez com ele aliança e o deixou ir.
35 एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।
35 Então um dos homens dos filhos dos profetas disse ao seu companheiro, pela palavra do Senhor: Ora fere-me. E o homem recusou feri-lo.
36 यसकारण पहिला अगमवक्ताले भने, “तिमीले परमप्रभुको आदेश पालन गरेनौ। यसकारण एउटा सिंहले तिमीलाई मार्नेछ जब तिमी यो ठाउँ छोड्ने छौ।” अर्का अगमवक्ता त्यो ठाउँ छोडेअनि एउटा सिंहले उनलाई मार्यो।
36 E ele lhe disse: Porque não obedeceste à voz do Senhor, eis que, em te apartando de mim, um leão te ferirá. E como dele se apartou, um leão o encontrou e o feriu.
37 पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!”त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो।
37 Depois encontrou outro homem, e disse-lhe: Ora fere-me. E aquele homem deu-lhe um golpe, ferindo-o.
38 यसकारण अगमवक्ताले आफ्नो अनुहार एउटा लुगाले छोपे। यस प्रकार उनी को हुन भनी कसैले पनि थाह पाउन सकेन। अगमवक्ता गए अनि बाटोमा राजाको प्रतीक्षा गर्न थाले।
38 Então foi o profeta, e pôs-se perante o rei no caminho; e disfarçou-se com cinza sobre os seus olhos.
39 जब राजा आए अनि अगमवक्ताले उनलाई बोलाए र भने, “म युद्धमा लडाईं गर्न हिंडे। हाम्रा चार जना मानिसहरू मध्ये एक जनाले एक जना शत्रुको सैनिक मकहाँ ल्यायो। मानिसले भन्यो, ‘यस मानिसलाई हेरिराख। यदि यो मानिस भाग्यो भने तैंले आफ्नो जीवन यसको ठाउँमा दिनु पर्छ अथवा तैंले एक तोडा सुन दण्ड तिर्नु पर्नेछ।’
39 E sucedeu que, passando o rei, clamou ele ao rei, dizendo: Teu servo estava no meio da peleja, e eis que, desviando-se um homem, trouxe-me outro homem, e disse: Guarda-me este homem; se vier a faltar, será a tua vida em lugar da vida dele, ou pagarás um talento de prata.
40 तर म अरू नै काममा व्यस्त भएँ। यस कारण त्यो मानिस भाग्यो।”इस्राएलका राजाले भने, “तिमीले आफैंले भनी सकेकाछौ तिमीलाई सजाय हुनु पर्छ।”
40 Sucedeu, pois, que, estando o teu servo ocupado de uma e de outra parte, eis que o homem desapareceu. Então o rei de Israel lhe disse: Esta é a tua sentença; tu mesmo a pronunciaste.
41 तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।
41 Então ele se apressou, e tirou a cinza de sobre os seus olhos; e o rei de Israel o reconheceu, que era um dos profetas.
42 तब अगमवक्ताले राजालाई भने, “परमप्रभुले भन्नु भएकोछ, ‘तपाईंले त्यस मानिसलाई मुक्त गराउनु भयो जसलाई मैंले भनेथे त्यो मर्नु पर्छ। यसकारण उसको सट्टामा तिमी मर्ने छौ अनि तिम्रा सैनिकहरू उसको सैनिकहरूको सट्टामा मर्नेछन्!”‘
42 E disse-lhe: Assim diz o Senhor: Porquanto soltaste da mão o homem que eu havia posto para destruição, a tua vida será em lugar da sua vida, e o teu povo em lugar do seu povo.
43 तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।
43 E foi o rei de Israel para a sua casa, desgostoso e indignado; e chegou a Samaria.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.