1 Reis 16
Nepali Bible (GL_NEPALI) vs ARIB
1 तब परमप्रभुले हनानीका छोरा येहू सित बोल्नु भयो। परमप्रभु राजा बाशाको विरोधमा बोल्दै हुनुहुन्थ्यो।
1 Então veio a palavra do Senhor a Jeú, filho de Hanâni, contra Baasa, dizendo:
2 “बाशा, मैले तिमीलाई धूलोबाट माथि उठाएँ अनि मैले तिमीलाई मेरो इस्राएलका मानिसहरूको राजकुमार बनाएँ। तर तिमीले यारोबामको बाटो पहिल्यायौ। तिमीले मेरा इस्राएली मानिसहरूलाई पाप गर्न लगायौ। तिमीहरूले आफ्नो पापद्वारा मलाई रीस उठायौ।
2 Porquanto te exaltei do pó, e te constituí chefe sobre o meu povo Israel, e tu tens andado no caminho de Jeroboão, e tens feito o meu povo Israel pecar, provocando-me à ira com os seus pecados,
3 यसकारण नै म तिमी, बाशा र तिम्रो परिवारलाई नष्ट पार्नेछु। म तिमी सित त्यस्तैं व्यवहार गर्नेछु जस्तो मैले नबानतका छोरा यारोबामको परिवार सित गरेको थिएँ।
3 eis que exterminarei os descendentes de Baasa, e os descendentes da casa dele; sim, tornarei a tua casa como a casa de Jeroboão, filho de Nebate.
4 तिम्रो परिवारका मानिसहरू शहरका बाटोहरूमा मर्नेछन्। अनि कुकुरहरूले तिनीहरूको लाश खानेछन्। तिम्रो परिवारका केही मानिसहरू चऊरमा मर्नेछन् अनि तिनीहरूको लाशलाई चराहरूले खानेछन्।”
4 Quem morrer a Baasa na cidade, comê-lo-ão os cães; e o que lhe morrer no campo, comê-lo-ão as aves do céu.
5 बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्ताकमा लेखिएको छ।
5 Quanto ao restante dos atos de Baasa, e ao que fez, e ao seu poder, porventura não estão escritos no livro das crônicas dos reis de Israel?
6 बाशा मरे अनि उनलाई तिर्सामा गाडियो। उनका छोरा एला उनीपछि नयाँ राजा भए।
6 E Baasa dormiu com seus pais, e foi sepultado em Tirza. Então Elá, seu filho, reinou em seu lugar.
7 यसकारण परमप्रभुले हनानीका छोरो येहू अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरूद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै अशुभकाम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु साह्रै नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।
7 Assim veio também a palavra do Senhor, por intermédio do profeta Jeú, filho de Hanâni, contra Baasa e contra a casa dele, não somente por causa de todo o mal que fizera aos olhos do Senhor, de modo a provocá-lo à ira com a obra de suas mãos, tornando-se como a casa de Jeroboão, mas também porque exterminara a casa de Jeroboão.
8 आसा यहूदाका राजा भएको समय छब्बीसौ वर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ वर्ष शासन गरे।
8 No ano vinte e seis de Asa, rei de Judá, Elá, filho de Baasa, começou a reinar em Tirza sobre Israel, e reinou dois anos.
9 राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो।
9 E Zinri, seu servo, chefe de metade dos carros, conspirou contra ele. Ora, Elá achava-se em Tirza bebendo e embriagando-se em casa de Arza, que era o seu mordomo em Tirza.
10 जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयमा सत्ताइसौं वर्षमा यस्तो घटना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए।
10 Entrou, pois, Zinri e o feriu, e o matou, no ano vigésimo sétimo de Asa, rei de Judá, e reinou em seu lugar.
11 जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे।
11 Quando ele começou a reinar, logo que se assentou no seu trono, feriu toda a casa de Baasa; não lhe deixou homem algum, nem de seus parentes, nem de seus amigos.
12 यसकारण जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येहू मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो।
12 Assim destruiu Zinri toda a casa de Baasa, conforme a palavra do Senhor, que ele falara contra Baasa por intermédio do profeta Jeú,
13 बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए।
13 por causa de todos os pecados de Baasa, e dos pecados de Elá, seu filho, com que pecaram, e com que fizeram Israel pecar, provocando à ira, com as suas vaidades, o Senhor Deus de Israel.
14 अरू कामहरू, जे एलाले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएका छन्।
14 Quanto ao restante dos atos de Elá, e a tudo quanto fez, porventura não estão escritos no livro das crônicas dos reis de Israel?
15 आसा यहूदाका राजा भएको सत्ताइसौं वर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए।
15 No ano vigésimo sétimo de Asa, rei de Judá, reinou Zinri sete dias em Tirza. Estava o povo acampado contra Gibetom, que pertencia aos filisteus.
16 शिविरमा मानिसहरूले सुने, जिम्रीले राजाको विरोधमा गोप्य षड्यन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओम्रीलाई इस्राएलको राजा बनाए। ओम्री सेनाका सेनापति थिए।
16 E o povo que estava acampado ouviu dizer: Zinri conspirou, e matou o rei; pelo que no mesmo dia, no arraial, todo o Israel constituiu rei sobre Israel a Onri, chefe do exercito.
17 यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोेडे अनि तिर्सामाथि आक्रामण गरे।
17 Então Onri subiu de Gibetom com todo o Israel, e cercaram Tirza.
18 जब जिम्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए।
18 Vendo Zinri que a cidade era tomada, entrou no castelo da casa do rei, e queimou-a sobre si; e morreu,
19 यसकारण जिम्री मरे किनभने उनले पाप गरेका थिए। जिम्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए।
19 por causa dos pecados que cometera, fazendo o que era mau aos olhos do Senhor, andando no caminho de Jeroboão, e no pecado que este cometera, fazendo Israel pecar.
20 जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएका छन्।
20 Quanto ao restante dos atos de Zinri, e à conspiração que fez, porventura não estão escritos no livro das crônicas dos reis de Israel?
21 इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुसरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुसरण गरे।
21 Então o povo de Israel se dividiu em dois partidos: metade do povo seguia a Tíbni, filho de Ginate, para fazê-lo rei, e a outra metade seguia a Onri.
22 तर ओम्रीका अनुसरण कर्त्ताहरू गीनतको छोरो तिब्नीका अनुसरण कर्त्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए।
22 Mas o povo que seguia a Onri prevaleceu contra o que seguia a Tíbni, filho de Ginate; de sorte que Tíbni morreu, e Onri reinou.
23 आसा यहूदाको राजा भएको समय एकतीसौं र्बषमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 वर्ष शासन गरे। 12 वर्षहरू मध्ये छः वर्ष उनले तिर्सा शहरमा शासन गरे।
23 No trigésimo primeiro ano de Asa, rei de Judá, Onri começou a reinar sobre Israel, e reinou doze anos. Reinou seis anos em Tirza.
24 तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।
24 E de Semer comprou o outeiro de Samária por dois talentos de prata, e edificou nele; e chamou a cidade que edificou Samária, do nome de Semer, dono do outeiro.
25 ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए।
25 E fez Onri o que era mau aos olhos do Senhor; pior mesmo do que todos os que o antecederam.
26 उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे।
26 Pois ele andou em todos os caminhos de Jeroboão, filho de Nebate, como também nos pecados com que este fizera Israel pecar, provocando à ira, com as suas vaidades, o Senhor Deus de Israel.
27 ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
27 Quanto ao restante dos atos que Onri fez, e ao poder que manifestou, porventura não estão escritos no livro das crônicas dos reis de Israel?
28 ओम्री मरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए।
28 Onri dormiu com seus pais, e foi sepultado em Samária. E Acabe, seu filho, reinou em seu lugar.
29 आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।
29 No trigésimo oitavo ano de Asa, rei de Judá, começou Acabe, filho de Onri, a reinar sobre Israel; e reinou sobre Israel em Samária vinte e dois anos.
30 आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए।
30 E fez Acabe, filho de Onri, o que era mau aos olhos do Senhor, mais do que todos os que o antecederam.
31 आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।
31 E, como se fosse pouco andar nos pecados de Jeroboão, filho de Nebate, ainda tomou por mulher a Jezabel, filha de Etbaal, rei dos sidônios, e foi e serviu a Baal, e o adorou;
32 आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए।
32 e levantou um altar a Baal na casa de Baal que ele edificara em Samária;
33 आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे।
33 também fez uma asera. De maneira que Acabe fez muito mais para provocar à ira o Senhor Deus de Israel do que todos os reis de Israel que o antecederam.
34 आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी न्नको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।
34 Em seus dias Hiel, o betelita, edificou Jericó. Quando lançou os seus alicerces, morreu-lhe Abirão, seu primogênito; e quando colocou as suas portas, morreu-lhe Segube, seu filho mais moço; conforme a palavra do Senhor, que ele falara por intermédio de Josué, filho de Num.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Reis 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.