1 João 2

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
1 Meus filhinhos, escrevo-lhes estas coisas para que vocês não pequem. Mas, se alguém pecar, temos Advogado junto ao Pai, Jesus Cristo, o Justo.
2 येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।
2 E ele é a propiciação pelos nossos pecados — e não somente pelos nossos próprios, mas também pelos do mundo inteiro.
3 यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं।
3 E nisto sabemos que o temos conhecido: se guardamos os seus mandamentos.
4 एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरुको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन।
4 Aquele que diz: “Eu o conheço”, mas não guarda os seus mandamentos, esse é mentiroso, e a verdade não está nele.
5 तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुसरण गरिरहेछौ।
5 Mas quem guarda a sua palavra, nele verdadeiramente tem sido aperfeiçoado o amor de Deus. Nisto sabemos que estamos nele:
6 यदि कुनै व्यक्तिले उ परमेश्वरमा बाँच्न चाहन्छ भने उ येशू बाँचे झैं बाँच्नु पर्छ।
6 quem diz que permanece nele, esse deve também andar assim como ele andou.
7 मेरा प्रिय मित्रहरु, म तिमीहरुको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरुले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरुले अघि नै सुनिसकेको शिक्षा हो।
7 Amados, não lhes escrevo um mandamento novo, mas um mandamento antigo, que vocês tiveram desde o princípio. Esse mandamento antigo é a palavra que vocês ouviram.
8 तर पनि म तिमीहरुको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरु स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
8 Por outro lado, o que lhes escrevo é um mandamento novo, aquilo que é verdadeiro nele e em vocês, porque as trevas vão se dissipando, e a verdadeira luz já brilha.
9 एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु। तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरुलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ।
9 Quem diz estar na luz, mas odeia o seu irmão, está nas trevas até agora.
10 जसले आफ्ना भाइ अनि बहिनीहरुलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन।
10 Quem ama o seu irmão permanece na luz, e nele não há nenhum tropeço.
11 तर मानिस जसले आफ्ना भाइहरुलाई घृणा गर्छ तब उ अन्धकारमा हुन्छ। त्यस मानिस अन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।
11 Mas quem odeia o seu irmão está nas trevas, anda nas trevas e não sabe para onde vai, porque as trevas lhe cegaram os olhos.
12 प्रिय बालकहरु, म तिमीहरुलाई लेख्छु, किनभने तिमीहरुका पापहरु ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
12 Filhinhos, escrevo a vocês, porque os seus pecados são perdoados por causa do nome de Jesus.
13 पिताहरु, म तिमीहरुलाई लेखिरहेछु, किनभने तिमीहरु उहाँलाई चिन्दछौ, जो शुरुदेखि असित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
13 Pais, escrevo a vocês, porque conhecem aquele que existe desde o princípio. Jovens, escrevo a vocês, porque vocês têm vencido o Maligno.
14 बालकहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु पितालाई चिन्दछौ। पिताहरु, म तिमीहरुलाई लेख्दैछु, किनभने तिमीहरु उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरु, म तिमीहरुलाई लेख्दैछु किनभने तिमीहरु बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरुमा बस्छ अनि तिमीहरुले दुष्टलाई परास्त गरेका छौ।
14 Filhinhos, escrevi a vocês, porque conhecem o Pai. Pais, escrevi a vocês, porque conhecem aquele que existe desde o princípio. Jovens, escrevi a vocês, porque são fortes, e a palavra de Deus permanece em vocês, e vocês já venceram o Maligno.
15 संसारलाई अथवा संसारमा भएका कुराहरुलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन।
15 Não amem o mundo nem as coisas que há no mundo. Se alguém amar o mundo, o amor do Pai não está nele.
16 संसारमा भएका नराम्रा कुराहरु यी हुन्हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरुको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरुको चाहाना गर्नु, हामीसित भएका कुराहरुप्रति घमण्ड गर्नु।तर ती कुराहरु पिताबाट आएका होइनन्। ती सबै कुराहरु संसारबाट आएका हुन्।
16 Porque tudo o que há no mundo — os desejos da carne, os desejos dos olhos e a soberba da vida — não procede do Pai, mas procede do mundo.
17 मानिसहरुको इच्छा अनुसारको चीजहरु लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैंको निम्ति रहन्छ।ख्रीष्टको शत्रुहरुलाई नपछ्याऊ
17 Ora, o mundo passa, bem como os seus desejos; mas aquele que faz a vontade de Deus permanece para sempre.
18 मेरा प्यारा बालकहरु, अन्त धेरै नजिक छ। तिमीहरुले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरु यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ।
18 Filhinhos, esta é a última hora. E, como vocês ouviram que o anticristo vem, também agora muitos anticristos têm surgido; por isso sabemos que é a última hora.
19 ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।
19 Eles saíram do nosso meio, mas não eram dos nossos. Porque, se tivessem sido dos nossos, teriam permanecido conosco. Mas eles se foram para que ficasse manifesto que nenhum deles é dos nossos.
20 तिमीहरुसित पवित्र “एक”ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरु सबैले सत्य जान्दछौ।
20 Mas vocês têm a unção que vem do Santo e todos têm conhecimento.
21 मैले तिमीहरुलाई किन लेख्नु? के, मैले तिमीहरुलाई सत्य जान्दैनौं भनेर लेख्नु? अहँ! म यो पत्र तिमीहरुले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरु जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
21 Não escrevi a vocês porque não conhecem a verdade, mas porque vocês a conhecem, e porque nenhuma mentira procede da verdade.
22 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि उ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ।
22 Quem é o mentiroso, senão aquele que nega que Jesus é o Cristo? Este é o anticristo, o que nega o Pai e o Filho.
23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।
23 Todo aquele que nega o Filho, esse não tem o Pai; e aquele que confessa o Filho tem igualmente o Pai.
24 जुन तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरुले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरुमा रहन्छ भने तिमीहरु पुत्र र पितामा रहनेछौ।
24 Permaneça em vocês o que vocês ouviram desde o princípio. Se o que ouviram desde o princípio permanecer em vocês, também vocês permanecerão no Filho e no Pai.
25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
25 E esta é a promessa que ele mesmo nos fez: a vida eterna.
26 म ती मानिसहरुको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्।
26 Isto que acabo de escrever para vocês é a respeito dos que estão tentando enganá-los.
27 ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।
27 Quanto a vocês, a unção que receberam dele permanece em vocês, e não precisam que alguém os ensine. Mas, como a unção dele os ensina a respeito de todas as coisas, e é verdadeira, e não é falsa, permaneçam nele, como também ela ensinou a vocês.
28 हे, मेरा प्यारा बालकहरु, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन।
28 E agora, filhinhos, permaneçam nele, para que, quando ele se manifestar, tenhamos confiança e não sejamos envergonhados, tendo de nos afastar dele no dia da sua vinda.
29 तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।
29 Se sabem que ele é justo, reconheçam também que todo aquele que pratica a justiça é nascido de Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 João 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.