1 Crônicas 26

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।
1 Esta é a relação dos grupos dos porteiros: Dos coreítas, Meselemias, filho de Coré, da família de Asafe.
2 मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए।
2 Foram estes os filhos de Meselemias: Zacarias, o primeiro, Jediael, o segundo, Zebadias, o terceiro, Jatniel, o quarto,
3 एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तेर छोरा थिए अनि एल्यहोनै कान्छा छोरा थिए।
3 Elão, o quinto, Joanã, o sexto, e Elioenai, o sétimo.
4 ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साहिला छोरा थिए। साकार तिनका काहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।
4 Foram estes os filhos de Obede-Edom: Semaías, o primeiro, Jeozabade, o segundo, Joá, o terceiro, Sacar, o quarto, Natanael, o quinto,
5 अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्सारकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो।
5 Amiel, o sexto, Issacar, o sétimo, e Peuletai, o oitavo. Pois Deus havia abençoado Obede-Edom.
6 ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए।
6 Seu filho Semaías também teve filhos, que foram líderes na família do seu pai, pois eram homens capazes.
7 शमायाहका छोराहरू ओत्नी, रफाएल, ओबेद, एल्जाबाद, एलीहू, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए।
7 Foram estes os filhos de Semaías: Otni, Rafael, Obede e Elzabade. Os parentes dele, Eliú e Semaquias, também foram homens capazes.
8 यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।
8 Todos esses foram descendentes de Obede-Edom; eles e os seus filhos e parentes eram capazes e aptos para a obra. Eram ao todo 62 descendentes de Obede-Edom.
9 मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।
9 Meselemias teve 18 filhos e parentes chegados, todos eles homens capazes.
10 यी मरारीका परिवारका द्वारपालकहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने।
10 Foram estes os filhos de Hosa, o merarita: Sinri, que foi nomeado chefe por seu pai, mesmo não sendo o mais velho,
11 हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साहिंला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।
11 Hilquias, o segundo, Tebalias, o terceiro, e Zacarias, o quarto. Os filhos e parentes de Hosa foram 13 ao todo.
12 यी द्वारपालकहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालकहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे।
12 Essas divisões dos porteiros, feitas pelos chefes deles; eles cumpriam tarefas no serviço do templo do Senhor, assim como seus parentes.
13 हरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिट्ठा लगाएको थियो। जवान र बृद्धहरू प्रति समान व्यवहार गरिन्थ्यो।
13 Tiraram sortes entre as famílias, incluindo jovens e velhos, para que cuidassem de cada porta.
14 मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए।
14 E a porta leste coube a Selemias. Então tiraram sortes para seu filho Zacarias, sábio conselheiro, e a porta norte foi sorteada para ele.
15 ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।
15 A sorte da porta sul saiu para Obede-Edom, e a do depósito, para seus filhos.
16 शुप्पीम अनि होसा पश्चिमद्वार र माथिल्लो सडकको शल्लेकेत द्वाराका निम्ति चुनिए।रक्षकहरू एक-अर्काको छेउ छेउमा उभिन्थे।
16 A sorte da porta oeste e da porta Salequete, na rua de cima, saíram para Supim e Hosa. Os guardas ficavam um ao lado do outro:
17 छः जना लेवीहरू हरेक दिन रक्षामा पूर्व द्वार तिर उभिन्थे। चार जना लेवीहरू हरेकदिन रक्षामा उत्तर द्वारतिर उभिन्थे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिन्थे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान बस्तुहरू राखिएको थियो।
17 Havia seis levitas por dia no leste, quatro no norte, quatro no sul e dois de cada vez no depósito.
18 जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।
18 Quanto ao pátio a oeste, havia quatro na rua e dois no próprio pátio.
19 यी, द्वारपालकहरूका समूहहरू थिए। ती द्वारपालकहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।
19 Foram essas as divisões dos porteiros, descendentes de Coré e Merari.
20 अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।
20 Outros dos seus irmãos levitas estavam encarregados dos depósitos dos tesouros do templo de Deus e do depósito das dádivas sagradas.
21 लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए।
21 Os gersonitas, descendentes de Ladã, que eram chefes de famílias pertencentes a Ladã, foram Jeieli
22 यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।
22 e seus filhos Zetã e seu irmão Joel. Estavam encarregados da tesouraria do templo do Senhor.
23 अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।
23 Dos filhos de Anrão, de Isar, de Hebrom e de Uziel:
24 शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए।
24 Sebuel, um descendente de Gérson, filho de Moisés, era o oficial encarregado dos depósitos dos tesouros.
25 यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिक्रीका छोरा।
25 Seus parentes por parte de Eliézer foram seu filho Reabias, que foi o pai de Jesaías, o avô de Jorão, o bisavô de Zicri, o tataravô de Selomote.
26 यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।
26 Selomote e seus parentes estavam encarregados de todos os tesouros consagrados pelo rei Davi, pelos chefes de famílias que eram os comandantes de mil e de cem, e pelos outros líderes do exército.
27 तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए।
27 Eles consagravam parte dos despojos tomados em combate para a manutenção do templo do Senhor.
28 शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।
28 E todas as dádivas consagradas pelo vidente Samuel e por Saul, filho de Quis, por Abner, filho de Ner, e por Joabe, filho de Zeruia, e todas as demais dádivas sagradas estavam sob os cuidados de Selomote e seus parentes.
29 केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्दथे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गदथे।
29 Dos filhos de Isar, Quenanias e seus filhos ficaram responsáveis pelos negócios públicos de Israel, atuando como oficiais e juízes.
30 हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए।
30 Dos filhos de Hebrom, Hasabias e seus parentes, que ficaram responsáveis em Israel, a oeste do Jordão, por todo o trabalho do Senhor e pelo serviço do rei; ao todo eram mil e setecentos homens capazes.
31 हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं वर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए।
31 De acordo com os registros genealógicos das famílias hebronitas, Jerias foi o chefe delas. No ano quarenta do reinado de Davi fez-se uma busca nos registros, e entre os descendentes de Hebrom encontraram-se homens capazes, em Jazar de Gileade.
32 यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।
32 Jerias tinha dois mil e setecentos parentes, homens capazes e chefes de famílias, que o rei Davi encarregou de todas as questões pertinentes a Deus e aos negócios do rei nas tribos de Rúben e de Gade, e da metade da tribo de Manassés.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.