Zacarias 5

npioncb (NPIONCB)

1 मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो!

2 स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?”

3 अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्।

4 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्‍नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्‍ट गर्नेछ।’ ”

5 तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।”

6 मैले सोधेँ, “यो के हो?”

7 तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई!

8 तिनले भने, “यो दुष्‍टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए।

9 तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए।

10 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?”

11 तिनले जवाफ दिए, “बेबिलोनिया देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Zacarias 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.