Números 2

npioncb (NPIONCB)

1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो:

2 “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”

3 पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर:

4 उसको दलको संख्या 74,600 हुन्छ।

5 इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्।

6 उसको दलको संख्या 54,400 हुन्छ।

7 जबूलूनका कुल इस्साखारको छेउमा बस्‍नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्।

8 उसको दलको संख्या 57,400 हुन्छ।

9 यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।

10 दक्षिण दिशामा:

11 उसको दलको संख्या 46,500 हुन्छ।

12 तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्।

13 उसको दलको संख्या 59,300 हुन्छ।

14 त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्।

15 तिनको दलको संख्या 45,650 हुन्छ।

16 रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्।

17 त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्‌क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।

18 पश्‍चिम दिशातिर:

19 उसको दलको संख्या 40,500 हुन्छ।

20 त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्।

21 उसको दलको संख्या 32,200 हुन्छ।

22 त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्।

23 उसको दलको संख्या 35,400 हुन्छ।

24 एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्।

25 उत्तर दिशातिर:

26 उसको दलको संख्या 62,700 हुन्छ।

27 त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्।

28 उसको दलको संख्या 41,500 हुन्छ।

29 त्यसपछि नाप्‍ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्‍तालीका मानिसहरूका अगुवा होस्।

30 उसको दलको संख्या 53,400 हुन्छ।

31 दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्।

32 यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।

33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्।

34 यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.