Mateus 3

npioncb (NPIONCB)

1 ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्‍तिस्मा दिने यूहन्‍ना प्रचार गर्दै यसो भन्दै आए,

2 “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”

3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए:

4 यूहन्‍नाको लुगा ऊँटको रौँले बनेको थियो। अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वन-मह थियो।

5 यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए।

6 आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।

7 तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो?

8 पश्‍चात्ताप लायकका फल फलाओ।

9 अनि आफैँ ‘हामी अब्राहामका सन्तान हौँ’ भनेर नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ।

10 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।

11 “म त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीको बप्‍तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ।

12 उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ। अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ, र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।”

13 त्यसपछि येशू गालीलबाट यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन यर्दन नदीमा आउनुभयो।

14 तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्‍तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?”

15 येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए।

16 येशूले जब बप्‍तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्‍न आउँदै गर्नुभएको देख्नुभयो।

17 अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.