Mateus 1

npioncb (NPIONCB)

1 अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्‍टको वंशावली:

2 अब्राहाम इसहाकका पिता,

3 यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्।

4 आराम अम्मीनादाबका पिता,

5 सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्,

6 अनि यिशै राजा दावीदका पिता थिए।

7 सोलोमन रहबामका पिता,

8 आसा यहोशापातका पिता,

9 उज्जियाह योतामका पिता,

10 हिजकिया मनश्शेका पिता,

11 अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।

12 बेबिलोनमा लगिएपछि:

13 यरुबाबेल अबिहूदका पिता,

14 आजोर सादोकका पिता,

15 एलिहूद एलाजारका पिता,

16 अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्म दिइन्।

17 यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्‍टसम्म चौध पुस्ता छन्।

18 येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्।

19 तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे।

20 तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।

21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”

22 यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको थियो:

23 “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्‍नेछन्,” जसको अर्थ हो, “परमेश्‍वर हामीसित।”

24 योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे।

25 तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.