Jeremias 22

npioncb (NPIONCB)

1 याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाका राजाको महलमा तल जा, र त्यहाँ यो वचन घोषणा गर्:

2 ‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्।

3 याहवेह यसो भन्‍नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।

4 किनकि यदि तिमीहरूले यी आज्ञाहरू होसियारीसाथ पालन गर्‍यौ भने दावीदको सिंहासनमा बस्‍ने राजाहरू, रथहरू र घोडाहरूमा सवार भएर तिनीहरूका अधिकारीहरू र तिनीहरूका प्रजाहरूका साथमा यस राजमहलका मूलढोकाहरूबाट प्रवेश गर्नेछन्।

5 तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने याहवेह घोषणा गर्नुहुन्छ, म आफ्नै शपथ खाएर भन्छु, यो महल ध्वस्त हुनेछ।’ ”

6 किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:

7 म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु,

8 “धेरै देशका मानिसहरू यस सहरबाट जानेछन् र आपसमा सोध्नेछन्, ‘यस महान् सहरलाई याहवेहले किन यस्तो डरलाग्दो व्यवहार गर्नुभएको होला?’

9 अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्‍वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”

10 मरिगएको राजाको निम्ति अथवा गइसकेका निम्ति शोक नगर;

11 किनकि याहवेह यसो भन्‍नुहुन्छ, योशियाहका छोरा शल्‍लूम, जो आफ्ना पितापछि यहूदाको राजा भएको थियो, तर ऊ यस ठाउँबाट गइसकेको छ: “त्यो कहिल्यै फर्केर आउनेछैन।

12 शत्रुहरूले त्यसलाई कैद गरेर लगेकै ठाउँमा त्यो मर्नेछ; त्यसले यस देशलाई फेरि कहिल्यै देख्नेछैन।”

13 “धिक्‍कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ,

14 त्यसले भन्छ, ‘म आफ्ना निम्ति माथिल्‍लो तलामा

15 “के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा,

16 त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो;

17 “तर तेरा आँखा र तेरा हृदय

18 यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:

19 त्यसको दफन गधाको जस्तै हुनेछ;

20 “उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा,

21 तैँले आफूलाई सुरक्षित महसुस गर्दा मैले तँलाई चेतावनी दिएँ,

22 हावाले तेरा सबै गोठालाहरूलाई उडाइदिनेछ;

23 हे लेबनानमा बस्‍नेहरू,

24 याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।

25 म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।

26 म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।

27 तिमीहरू जन्मभूमिमा फर्कन इच्छा गर्नेछौ, तर फर्केर यहाँ कहिल्यै आउनेछैनौ।”

28 के यो मानिस यहोयाकीन तुच्छ ठानिएको

29 हे देश, हे देश, हे देश,

30 याहवेह यसो भन्‍नुहुन्छ:

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.