Isaías 7

npioncb (NPIONCB)

1 उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्।

2 अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्‍लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो।

3 तब याहवेहले यशैयालाई भन्‍नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्‍लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा।

4 त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो।

5 अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्,

6 “हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।”

7 तर प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

8 किनकि अरामको शिर दमस्कस हो;

9 एफ्राइमको शिर सामरिया हो;

10 फेरि याहवेहले आहाजलाई भन्‍नुभयो,

11 “याहवेह तेरा परमेश्‍वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।”

12 तर आहाजले भने, “म माग्नेछैनँ; म याहवेहको परीक्षा गर्नेछैनँ।”

13 तब यशैयाले भने, “हे दावीदको घराना, अब यो सुन्! के मानिसहरूको धैर्यतालाई जाँच गर्नु पर्याप्‍त थिएन? के तँ मेरा परमेश्‍वरको धैर्य पनि जाँच गर्छस्?

14 यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्‍नेछिन्।

15 खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाएपछि उसले दही र मह खानेछ।

16 तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ।

17 याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।”

18 त्यस दिन याहवेहले इजिप्टका नदीहरूको पल्‍लो छेउमा रहेका झिँगाहरू र अश्शूरको देशबाटका मौरीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ।

19 तिनीहरू सबै आएर भिरालो कन्दराहरूमा, चट्टानका दुलाहरूमा, सबै काँडे-पोथ्राहरूमा र पानीको खाडलका सबै भ्वाङ्गहरूमाथि बस्‍नेछन्।

20 त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ।

21 त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ।

22 तिनीहरूले प्रशस्त दूध दिएको कारण उसले दही खानेछ। त्यस देशमा छोडिएका सबैले दही र मह खानेछन्।

23 त्यस दिन एक हजार शेकेलको चाँदीको मूल्य बराबरको एक हजार दाखको बोट भएको प्रत्येक ठाउँमा खाली सिउँडी र काँडा मात्र हुनेछन्।

24 मानिसहरू त्यहाँ धनु र काँड लिएर जानेछन्; किनकि देश सिउँडी र काँडाहरूले ढाकिएको हुनेछ।

25 एकपल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.