Hebreus 3

npioncb (NPIONCB)

1 यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।

2 जसरी मोशा परमेश्‍वरको घरमा विश्‍वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनुहुन्थ्यो।

3 घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।

4 किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।

5 अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्‍वासयोग्य थिए।”

6 तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौँ भने हामी उहाँका परिवार हौँ।

7 यसकारण जसरी पवित्र आत्मा भन्‍नुहुन्छ:

8 उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ,

9 जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि

10 त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ;

11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ,

12 यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्‍वरदेखि टाढा रहने पापपूर्ण र अविश्‍वासी हृदय नहोस्।

13 तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।

14 हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्‍टका सहभागी भएका छौँ।

15 जसरी धर्मशास्त्रमा लेखिएको छ:

16 सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्‍याएर निकालेका थिए?

17 अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्‍ट भए?

18 अनि परमेश्‍वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?

19 यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्‍वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Hebreus 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.