2 Coríntios 4

npioncb (NPIONCB)

1 यसकारण परमेश्‍वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ।

2 बरु हामीले गुप्‍त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ।

3 यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्‍ट हुनेहरूकै लागि मात्र लागेको छ।

4 परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।

5 किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ।

6 तर “अन्धकारमा ज्योति चम्कोस्,” भनी आज्ञा गर्नुहुने परमेश्‍वरले ख्रीष्‍टको मुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।

7 तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्‍वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ।

8 हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ;

9 सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्‍ट भएका छैनौँ।

10 हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैँ आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौँ।

11 किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्‍टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ।

12 यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्‍त गर्न सक।

13 धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्‍वास गरेँ, यसैले म बोलेँ।” त्यही विश्‍वासको आत्माद्वारा हामी पनि विश्‍वास गर्छौँ, यसैले बोल्छौँ।

14 किनकि हामी जान्दछौँ, जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ; अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ।

15 यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्‍वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्।

16 यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्‍ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।

17 किनकि हाम्रो हल्का र क्षणभरको कष्‍टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्‍त हुनेछ, जुन यी सबै कष्‍टहरूको तुलनामा केही पनि होइन।

18 यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.