1 Samuel 29

npioncb (NPIONCB)

1 पलिश्तीहरूले आफ्ना सबै सेनाहरूलाई अपेकमा भेला गराए। अनि इस्राएलीहरूले चाहिँ यिजरेल सहरको पानीको मूल भएको ठाउँमा छाउनी हाले।

2 जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्‌क्तिमा हिँड्दैथिए।

3 पलिश्तीहरूका सेनापतिहरूले आकीशलाई सोधे, यी हिब्रूहरूले यहाँ के गर्दैछन्?

4 तर पलिश्ती सेनापतिहरू आकीशसँग रिसाएर भने, “यस मानिसलाई फर्काइदिनुहोस्, ताकि तपाईंले यसका निम्ति ठहराउनुभएको ठाउँमा फर्केर जाओस्। यो हामीसँग लडाइँमा नजाओस्, नत्रता लडाइँको समयमा यो हाम्रो विरुद्धमा जाला। किनकि यसले हाम्रा मानिसहरूका शिर आफ्नो मालिककहाँ लिएर जाला, र यसले आफ्नो मालिकको निगाह फेरि प्राप्‍त गर्ला। योभन्दा उत्तम उपाय तिनका निम्ति के हुन सक्ला र?

5 के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र?

6 यसकारण आकीशले दावीदलाई बोलाएर तिनलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, तपाईं मेरो भरोसायोग्य हुनुहुन्छ। अनि मेरा सेनासँग तपाईंले साथ दिनुभयो भने म सन्तुष्‍ट हुनेछु। तपाईं मकहाँ आउनुभएको दिनदेखि अहिलेसम्म मैले तपाईंमा कुनै दोष भेट्टाएको छैनँ। तर पलिश्ती शासकहरू तपाईंलाई लैजान सहमत छैनन्।

7 अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।”

8 दावीदले आकीशलाई सोधे, “तर मैले के गरेको छु र? म तपाईंकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईंले आफ्नो सेवकमा के दोष भेट्टाउनुभएको छ? मैले मेरा मालिक राजाका शत्रुहरूको विरुद्धमा लडाइँ गर्न किन जान नपाऊँ?”

9 तब आकीशले जवाफ दिए, “म जान्दछु, तपाईं मेरो दृष्‍टिमा परमेश्‍वरको दूतझैँ मनपर्दो हुनुहुन्छ। तरै पनि पलिश्ती सेनापतिहरूले भनेका छन्, ‘यो हामीसँग लडाइँमा जानेछैन।’

10 अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।”

11 यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.