Zacarias 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।

2 तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?”

3 त्यहाँ दुइवटा भद्राक्षका रूख प्यालाको छेउमा थिए। एउटा दाहिनेपट्टि अनि अर्को देब्रेपट्टि, यी रूखहरुले दिपहरुको निम्ति तेल उत्पन्न गर्थे।”

4 तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ केहोला?”

5 मसंग कुरा गरिरहेका स्वर्गदूतले भने, “के तिमीलाई थाहा छैन यो सब चिज के हुन्?”

6 तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, ‘तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।’ सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

7 त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरु चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।’”

8 तब परमप्रभुको समचार मकहाँ यसो भन्दै आयो,

9 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसकनेछ। तब तिमीहरुले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरु कहाँ पठाउनु भएको हो।

10 मानिसहरु त्यो साधरण आरम्भबाट लज्जित हुने छैनन्, अनि उनीहरु साँच्चै नै प्रशन्न हुनेछन्। जब उनीहरु यरूबाबेलले बनाएको मन्दिर साहुलले नाप्दै जाँच गर्दै गरेको देख्नेछन्। यसकारण पत्थरहरु जुन तिमीले देख्यौ ती परमप्रभुको आँखाहरु हुन्, जुन आँखाले हर दिशामा देखिरहनु भएको छ। उहाँले पृथ्वीका सबै थोकहरु देख्नुहुन्छ।”

11 त्यसपछि मैले उनलाई भनें, “समादानको दाहिने अनि देब्रेपट्टि भएका ती दुईवटा भद्राक्षको बोटहरुले के अर्थ बुझाउँछ?”

12 मैले उनलाई यो पनि सोधें, “दुईवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुईवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसंग छ।”

13 तब स्वर्गदूतले मलाई भने, “के तिमीलाई थाहा छैन यो चिजको अर्थ के हो?”

14 यसकारण उनले भने, “यो ती दुई मानिसको प्रतिक हो, जुन सारा संसारमा परमप्रभुको सेवाका निम्ति चुनिएका छन्।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Zacarias 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.