Zacarias 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 बेरेक्याहका छोरा जकरियाले परमप्रभुबाट यो वचन प्राप्त गरे जुन फारसका राजा दाराको दोस्रो र्बषको आठौं महिनामा आको थियो।(जकरिया बेरेक्याहका छोरा थिए। बेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) वचन यस प्रकार छः

2 परमप्रभु तिमीहरुका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो।

3 यसर्थ तिमीहरुले मानिसहरुलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरुकहाँ फर्केर आउँनेछु।”

4 परमप्रभु भन्नुहुन्छ, “तिमीहरुका पिता-पुर्खाहरु जस्तो नबन बितेका समयमा अगमवक्ताहरु तिनीहरुसित कुरा गर्थे। तिनीहरुले भने, ‘तिमीहरुले आफ्नो नराम्रो कु-कर्महरु छोडिदेऊ।’ तर तिमीहरुका पुर्खाहरुले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

5 परमप्रभुले भन्नुभयो, “तिमीहरुका पिता-पुर्खाहरु मरिसके अनि अगमवक्ताहरु सधैं बाँचिरहँदैनन्।

6 अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

7 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो र्बषको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो।(जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः

8 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको दखें। त्यो बेंसीमा मेहेंदीको रूखहरुको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरु पनि थिए।

9 मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु?”

10 त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरु पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”

11 त्यतिबेला घोडाहरुले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसंग कुरा गरे। उनीहरुले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”

12 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरुलाई सत्तरी वर्ष सम्म क्रोध देखाउँनु भयो।”

13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसंग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरु भन्नुभयो।

14 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसंग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरुलाई यी सबै कुराहरु बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ:

15 म यी राष्ट्रहरुप्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ,

16 यसकारण, परमप्रभु भन्नुहुन्छ, “म यरूशलेममा कृपा सहित जान्छु।”

17 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,

18 तब मैले माथि हेरें अनि चारवटा सींङको दर्शन पाएँ।

19 अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?”

20 त्यसपछि परमप्रभूले मलाई चारजना कारीगरहरु देखाउँनु भयो।

21 मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरु किन आएकाछन्?”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Zacarias 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.