Levítico 13

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

2 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।

3 पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पाउनुहुन्छ घाउ छालाभन्दा गहिरो छ तब त्यो हानिकारक चर्मरोग हो। जब पूजाहारीले जाँच सक्नु हुन्छ तब त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।

4 “तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरू मानिसहरूदेखि अलग्गै राख्नु पर्छ।

5 यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ।

6 अनि सातों दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।

7 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नुअघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ।

8 अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्! यो एक हानिकारक रोग हो।

9 “यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ।

12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने

13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो।

14 तर त्यस मानिसमा आलो मासु देखिने बित्तिकै अशुद्ध हुनेछ।

15 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।

18 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ।

19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्।

20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो

21 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरो छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्‌याएर राख्नु पर्छ।

22 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरूवा रोग हो।

23 तर यदि त्यो रातो दाग त्यही नफैलिरहयो भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।

24 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए,

25 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नैपर्छ।

26 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्‌याउनु पर्छ।

27 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गरून्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गरून् कारण यो एक हानिकारक चर्मरोग हो।

28 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरूतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरून् किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।

29 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ।

30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ।

31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्‌याउन पर्छ।

32 सातौं दिनको दिन पूजाहारीले घाउ जाच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन।

33 त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्।

34 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होओस्।

35 तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए।

36 यदि दाग छालमा फिंजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिंजिएको भेट्नेछन्, पहेलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ।

37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्।

38 “यदि कुनै पुरूष अथवा स्त्रीको शरीरै भरि सेतो दाग भए,

39 पूजाहारीले जाँच गर्नु पर्छ र यदि उनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ।

40 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन।

41 यदि उसको टाउकोको अगिल्तिर एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो।

42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।

43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने,

44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।

45 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।

46 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।

47 “जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस्,

48 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र

49 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो।

50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्।

51 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गरून् र यदि त्यो दाग लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी-सूती-छाला जे होस्) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो।

52 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।

53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए,

54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन।

55 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई दुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।

56 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी छाला जे सुकैको होस्, दाग भरिको ठाउँ काटेर फ्याँकोस्।

57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ।

58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”

59 लुगा चाहे बुने अथवा सिलाएको होस त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुसी लागे शुद्ध अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.