Jeremias 21

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यर्मियाकहाँ परमप्रभुबाट आएको यो सन्देश हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।

2 पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”

3 तर यर्मियाले पशहूर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन

4 ‘यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ: तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।

5 म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।

6 म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।’”

7 यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’

8 “यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन: ‘परमप्रभुले भन्नुहुन्छ, मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।

9 ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।

10 मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिन।’ यो परमप्रभुको सन्देश हो: ‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’”

11 “यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन,

12 हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ:

13 “हे यरूशलेम! म तिम्रो विरूद्धमा छु।

14 “तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.