Jó 24

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन,

2 “मानिसले आफ्नो जमीन बढाउन सिनाना सार्छन्,

3 तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन।

4 तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमिहिडन वाध्य गराउछन्।

5 “गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन।

6 गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन्

7 गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ।

8 तिनीहरू पर्वतहरूमा वर्षाले निथ्रुक्क भिज्छन्।

9 खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन।

10 गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्।

11 गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्।

12 शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ।

13 “कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन।

14 हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ।

15 एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ।

16 जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्।

17 ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो।

18 “तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्।

19 हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ।

20 त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे।

21 दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन।

22 दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्।

23 दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्।

24 नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन।

25 “म कसम खान्छु कि ती कुराहरू सत्य हुन।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.