João 18

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।

2 यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसँग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो।

3 यहूदाले एकदल सेनाहरू लगेर त्यसै बगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।

4 येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”

5 ती मानिसहरूले भने, “नासरतको येशूलाई।”

6 जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।

7 येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ?”

8 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानदेऊ।”

9 उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”

10 शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।

11 येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”

12 त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।

13 तिनीहरूले येशूलाई बाँधे अनि पहिले उहाँलाई अन्नासको अगाडि लगे। अन्नास प्रधान पूजाहारी कैयाफाका ससुरा थिए जो यस वर्षको निम्ति प्रधान पूजाहारी थिए।

14 कैयाफा तिनी हुन् जसले यहूदीहरूलाई भनेका थिए कि जम्मै मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ।

15 शिमोन पत्रुस र येशूका अर्को चेला उहाँसंगै गए। ती चेलाले प्रधान पूजाहारीलाई चिनेका थिए। यसर्थ उनी येशूसंग प्रधान पूजाहारीको घरको प्रांगणभित्र गए।

16 तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्यो र बाहिर आयो। उनी त्यस केटीसंग बोले जसले मानिसहरूलाई ढोका खोलिदिई। तब उसले पत्रुसलाई भित्र ल्याए।

17 द्वारपाल केटीले पत्रुसलाई भनी, “तिमी पनि त्यस मानिसको चेलाहरू मध्ये एक हौ?”

18 जाडोको दिन थियो। यसैले नोकहररू र द्वारापालहरूले आगोको भुङ्ग्रो बनाए। तिनीहरू आगोको वरिपरि उभिंदै आफूलाई न्यानो पारिरहेका थिए। पुत्रस पनि तिनीहरूसंगै उभिइरहेका थिए।

19 प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे।

20 येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।

21 यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।”

22 जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिर्कायो। त्यस द्वारपालले भन्यो, “तैंले प्रधान पुजाहारीसंग त्यसरी बात गर्ने होइन।”

23 येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुन्ने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिर्काउँछौ?”

24 तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिएकै हुनुहुन्थ्यो।

25 शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”

26 प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रुसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसंग मैले बगैंचामा देखेको होइन?”

27 तर फेरि पत्रुसले भन्यो, “अहँ! म उनीसंग थिइनँ।” अनि त्यहीबेला भाले बास्यो।

28 त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो।

29 यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?”

30 यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”

31 पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफै लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।”

32 (यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।)

33 त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”

34 येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”

35 पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”

36 येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाईँ गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”

37 पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?”

38 पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन ।

39 तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?”

40 यहूदीहरूले फेरि चिच्याउँदै भने, “अहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाकू थिए।)

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.