Isaías 61

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

2 परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो।

3 परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।

4 त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै वर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।

5 तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेडाको हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ।

6 तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर र्गवित हुनेछौ।

7 बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले मनाउनेछौ जुन अनन्तसम्म रहनेछ।

8 यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।

9 सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।

10 परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो।

11 पृथ्वीले नै बिरूवा उर्माछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 61, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.