Isaías 52

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 जाग! जाग! हे सियोन!

2 धूलो टक्टकाऊ। आफ्ना आश्चर्य पोषाकहरू लगाऊ!यरूशलेम,

3 परमप्रभु भन्नुहुन्छ,

4 परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए।

5 अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन्। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नराम्रा कुराहरू गर्दछन्।”

6 परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”

7 एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”

8 शहरका पहरादारहरू चिच्याउन थाले।

9 यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ।

10 परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ।

11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ।

12 तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्।

13 “मेरो दासलाई हेर। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।

14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।

15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 52, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.