Isaías 45

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ:

2 कोरेस, तिम्रा सेनाहरूले अघि बढनेछन् अनि म तिम्रो अघाडी जानेछु।

3 म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बचाउनेछ।

4 म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु।

5 म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ।

6 यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले

7 मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ।

8 “माथि आकाश बाट पृथ्वीमा पण्टा र्बसिन्छ

9 “यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।

10 एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’”

11 परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परमपवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ:

12 यसकारण हेर, मैले पृथ्वी बनाएँ

13 मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस।

14 परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन्

15 परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्।

16 धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्।

17 तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ।

18 परमप्रभु नै परमेश्वर हुनुहुन्छ।

19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु।

20 “त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। (जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।

21 यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।)

22 टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।

23 “मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।

24 मानिसहरूले भन्नेछन्, ‘धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।’”

25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 45, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.