Isaías 13

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः

2 “त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्।

3 परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्‌याएँ,

4 “त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ, ध्यान लगाएर हल्ला सुन्।

5 परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्।

6 परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।

7 मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ।

8 प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।

9 हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ।

10 आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।

11 परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।

12 त्यहाँ केही मानिसहरू मात्र छोडिनछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्।

13 मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।”

14 तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेडा जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्।

15 अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्।

16 तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लूटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।

17 परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।

18 आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।

19 सदोम र गमोरा जस्तै नै बाबेल पनि ध्वंश पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन।

20 तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।

21 जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिडनेछन्।

22 जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.