Isaías 11

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।

2 परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ।

3 त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ।

6 त्यसबेला ब्वाँसोहरू थुमाहरूसंग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसंग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसंग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।

7 गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसंगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्।

8 एक शिशु सम्मान गोमन सर्प घर छेउमा खेल्ने छ। एउटा शिशुले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।

9 यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।

10 त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

11 त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।

12 परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।

13 त्यसबेला, एप्रैमले यहूदासंग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाडेने छैन। अनि यहूदा एपैमको लागि संकटको कारण बनिने छैन।

14 तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन।

15 परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।

16 परमेश्वरका जुन मानिसहरू छाडिए तिनीहरूका निम्ति अश्शूर छाड्ने बाटो निस्कने छ। यो समय परमेश्वरले मिश्र बाट मानिसहरू निकाली लानु भएको बेला झैं हुनेछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.