Gênesis 39

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो।

2 तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।

3 पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।

4 यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।

5 जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।

6 यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।

7 केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।”

8 तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्।

9 मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”

10 त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो।

11 एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो।

12 उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।

13 त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ।

14 ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ।

15 म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।”

16 यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी।

17 अनि उनले आफ्नो लोग्नेलाई त्यही कथा सुनाई। उनले भनिन, “तिमीले ल्याएको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो।

18 जब ऊ मकहाँ आयो म चिच्चाएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।”

19 जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए।

20 त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।

21 तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ संधै ऊसंग दयालु हुनुहुन्थ्यो।

22 उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए।

23 रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 39, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.