Gênesis 31

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।”

2 याकूबले तब महस्‌स गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन।

3 परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसंग हुनेछु।”

4 यसर्थ याकूबले राहेल र लेआलाई भेडा बाख्राहरू राख्ने खेतमा भेट्नु भन्यो।

5 राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित संधै पहिले जस्तो राम्रो कुरा गर्दैनन्।

6 तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरें जति मैले गर्न सक्थें।

7 तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बद्ली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो।

8 “एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाख्राहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू बियाए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाख्राहरू राख्छु। सबै सिंगारे बाख्राहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू बियाए।

9 यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।

10 “पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए।

11 परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, ‘याकूब।’

12 “त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाख्राहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु।

13 म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।’”

16 परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”

17 यसर्थ याकूब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो।

18 तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बस्ने गर्दथिए त्यहाँबाट फर्कनको निम्ति यात्रा शुरू गरे। याकूब आफ्ना सबै पशुहरु तिनीहरूको अघि अघि हिंड्‌यो। पद्दनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।

19 त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झुटो देवता चोरेर ल्याईन्।

20 याकूबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्।

21 याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्‌यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।

22 तीन दिनपछि मात्र याकूब भागेको कुरा लाबानले थाहा पाए।

23 यसैकारण लाबानले आफ्ना मानिसहरू भेला गरे अनि याकूबलाई पछ्याउन शुरू गरे। सात दिनपछि लाबानले याकूबलाई गिलादको पहाडी क्षेत्रमा भेटे।

24 त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”

25 अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले।

26 लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैंले लडाइँमा कैदी जस्तो बनाएर किन लगिस्?

27 मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो।

28 तैंले मेरा नातिहरूलाई म्वाइँ खान अनि छोरीहरूलाई बिदाइगर्न पनि दिइनस्। यो सब गरेर तँ साह्रै मूर्ख भइस्।

29 वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो।

30 म जान्दछु तँ तेरो घर जान चाहन्छस र त्यसकै निम्ति तँ हिंडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?”

31 याकूबले भन्यो, “म डराएको हुनाले तिमीलाई नभनी म हिंडे। मैले सोचे तिमीले तिम्री छोरीहरू मबाट खोस्नेछौ,

32 तर मैले तिम्रा देवताहरू चोरेको छैन। यहाँ मसित हुनेहरू जोसित तिम्रो देवताहरू पाइन्छन् त्यस मानिसको हत्या गरिनेछ। तिम्रा मानिसहरू मेरा गवाहीहरू हुनेछन्। तिमीले तिम्रा चीजहरू तलाश गर्न सक्छौ र यदि तिम्रो केही पाइयो भने लान सक्छौ।” (राहेलले लाबानको घरबाट देवताहरू चोरी ल्याएको याकूबलाई थाहा थिएन)।

33 लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए।

34 राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्।

35 अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्।

36 तब याकूब अत्यन्तै क्रोधित भएर भने, “मैले के कसुर गरेको छु? मैले कुन कानून भङ्ग गरेको छु? मलाई खेद्ने र रोक्ने अधिकार तिमीले कसरी पायौ?

37 मेरो माल समान जे जति छ, सब तलाश गर्यौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायौ भने तब मलाई देखाऊ। यहाँ राख मेरा मानिसहरूले देख्न सकून। मेरा मानिसहरूले निर्णय लिन सकून् हामी माझ को सही छ।

38 मैले बीस वर्ष तिम्रो सेवा गरें। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइनँ।

39 जहिले पनि जंङ्गली जनावरले कुनै भेडा अनि बाख्रा खाए, त्यो जंङ्गली जनावारले मारेको भेडा अथवा बाख्रको अवशेष मात्रै तिमीकहाँ कहिल्यै ल्याईन। म सँधै तिमीले मलाई मागेको पूरा दाम तिरें। म दिन रात लुटिएको थिएँ।

40 दिउँसोको घामले मेरो शक्ति नष्ट गर्यो अनि रातको चिसोले निद्रा लग्यो।

41 बीस वर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध वर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ वर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ।

42 तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

43 लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ।

44 यसर्थ म तिमीसित एक सम्झौता गर्न तयार छु। हामीबीच सम्झौता भएको प्रमाणको रूपमा ढुङ्गाको एउटा थुप्रो बनाऊ।”

45 उनले सम्झौता गरेको हो भनी देखाउन याकूबले एउटा ठूलो ढुङ्गा ल्याएर त्यहाँ राख्यो।

46 उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए।

47 लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।

48 लाबानले याकूबलाई भने, “यो ढुङ्गाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाँउको नाउँ गलेद राख्यो।

49 लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।” यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो।

50 त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ।

51 यहाँ यी ढुङ्गाहरू छन् जसले बताउछन् हामीबीच सम्झौता भएको छ।

52 ढुङ्गाहरूको थुप्रो र विशेष ढुङ्गाहरूले हामीलाई आफ्नो संन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लड्न यस ढुङ्गाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो ढुङ्गाबाट यता अघि आउने छैनौं।

53 यदि हामीले यो सम्झौता भङ्ग गर्यौं भने अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।”

54 त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए।

55 अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.