Gênesis 20

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ।

2 जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।

3 तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”

4 तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ?

5 अब्राहाम आफैले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यु हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”

6 त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो।

7 यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”

8 यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए।

9 त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो।

10 तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”

11 तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचे यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ।

12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुनु तर मेरी आमाकी होइनन्।

13 परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।’”

14 तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए।

15 अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यही बस्न सक्छौ।”

16 सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”

17 त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो।

18 किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.