Gênesis 10

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 नूहका छोराहरु शेम, हाम र येपेत थिए र यिनीहरुको पारिवारिक इतिहास यही हो। नूहको छोराहरुका धेरै सन्तानहरु भए।

2 येपेतका छोराहरु थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

3 गोमेरका छोराहरु थिए अशकनज, रीपत र तोगर्मा

4 याबानका छोराहरु थिए-एलीशा, तर्शोश, कित्तीम र दोदानीम।

5 तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए। तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरु थिए।

6 हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।

7 कूशका छोहरु थिए-सबा, हवीला, सबता, रामा र सबतका।

8 निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए।

9 परमप्रभुको महान योद्धा शिकारीहरु मध्ये एकजना थिए। त्यसकारण मानिसहरु निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”

10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो।

11 यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरु बनाए।

12 कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरु मध्ये कालह सबै भन्दा ठूलो थियो।

13 मिश्र, लूद, अनाम, लहाब, नप्तूह,

14 पत्रुस, कसलू अनि कपतोर मानिसहरुका पिता थिए। (पलिश्ती मानिसहरु कसलूका सन्तान थिए।)

15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

16 कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी,

17 हिब्बा, अर्कोत र सिनीत मानिसहरु,

18 अर्वादी, समारी र हमाती मानिसहरु उत्पन्न भए।

19 कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।

20 ती सब मानिसहरु हामका सन्तान थिए र ती सबै मानिसहरुको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरुको एउटा अलगै राज्य थियो।

21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरुमा एक जना एबेर सबै हिब्रू मानिसहरुका पिता थिए।

22 शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

23 अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।

24 अर्पक्षद शेलहका पिता थिए,

25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।

26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह,

27 हदोराम, ऊजाल, दिक्ला,

28 ओबाल, अबमाएल, शबा,

29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।

30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।

31 ती मानिसहरु शेमको परिवारका थिए। तिनीहरु आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्टमा गठित थिए।

32 नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए। यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.