Ezequiel 47

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।

2 त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।

3 त्यो मानिस पूर्वपट्टि हातमा नाप्ने डोरी लिएर बढयो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगाँठा सम्म थियो।

4 उसले अझ 1,000 हात नाप्यो। तब त्यस ठाँउमा मलाई पानीमा हिँड्नु ल्यायो। त्यहाँ पानी घुडा घुडा जति गहिरो थियो। तब उसले अझ 1,000 हात नाप्यो। अनि मलाई पानीमा हिँड्नु लगायो। त्यहाँ पानी कम्मर-कम्मर गहिरो थियो।

5 त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेल्नलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो।

6 तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?”

7 म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें।

8 त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ।

9 यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्।

10 तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्।

11 तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ।

12 हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किन? किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इस्राएलको बाह्रा कुल समूहको जमीन बाँड्नका निम्ति हो। यूसुफले दुइ भाग पाउनेछ।

14 तिमीले जमीन बराबर बाँड्नेछौ। मैले यो जमीन तिमीहरूका पिता-पुर्खाहरूलाई दिने प्रतिज्ञा दिएको थिएँ। यसकारण म यो जमीन तिमीलाई दिंदैछु।

15 “यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म,

16 बेरोतह, सिब्रैम (जुन दमिश्क अनि हमातका सीमानाको बीचमा छ) अनि हासेर-हात्तीकन जुन हौरानको सीमानामा छ, त्यतापट्टि फर्केको छ।

17 यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ।

18 “पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इस्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोझै, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो।

19 “दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो।

20 “पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिम्रो पश्चिमी सीमाना हुन्छ।

21 “यस्तो प्रकारले यो भूमि तिमीले इस्राएलमा कुल समूहमा बाँड।

22 तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बस्ने विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ।

23 त्यो कुल समूह जोसँग तिनीहरू बस्छन्, तिनीहरूलाई केही जमीन दिइनेछ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 47, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.