Ezequiel 40

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।

2 दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।

3 परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाप्ने फिता अनि एउटा नाप्ने टाँगो आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकामा उभिएको थियो।

4 त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको उपयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किन? किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”

5 मैले एउटा पर्खाल देखें जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाप्ने एउटा टाँगो थियो। त्यो टाँगो छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औंला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौडाई मोटो नाप्यो। त्यो एक हात चौडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगो अग्लो थियो।

6 त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो।

7 रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सँधार एक टाँगो लामो थियो।

8 तब त्यस मानिसले मन्दिरसँगको मूल-ढोकाको प्रशेव कक्ष नाप्यो जुन यो एक टाँगो चौडाको थियो।

9 यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो।

10 मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए।

11 त्यस मानिसले मूल-ढोकाको दैलोको चौडाइ नाप्यो। यो दश हात चौडा अनि तेह्र हात लामो थियो।

12 प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौडा छ हात थियो।

13 त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट आर्को ढोका सम्म पच्चीस हात लामो थियो।

14 त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो।

15 प्रवेश द्वारको मूल-ढोका पुरै बाहिरपट्टि देखि मूल-ढोकाको भित्र सम्म नाप्दा पचास हात थियो।

16 रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।

17 तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।

18 पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो।

19 त्यसपछि त्यो मानिसले तलको मूल-ढोकाको छेउको भित्रपट्टिबाट लिएर चोकको पर्खाल छेउको भित्रीपट्टि सम्म नाप्यो। त्यो एक सय हात पूर्व अनि उत्तरमा थियो।

20 तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।

21 यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो।

22 यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो।

23 भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।

24 तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।

25 यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

26 सातवटा खुट्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वारस्तम्भमा खजूरको नक्शा थियो।

27 भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो।

28 त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।

29 कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

30 त्यसको चारैतिर त्यहाँ एउटा प्रवेश कोठा थियो। दलानहरू पच्चीस हात लामो अनि पाँच हात चौंडाको थियो।

31 प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूरका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुड्किला थिए।

32 त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो।

33 पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरू मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो।

34 त्यसको प्रवेश कोठा बाहिरको आँगनतिर थिए। प्रत्येक स्तम्भमा खजूरको बोटको चित्रहरू खोपिएको थिए। यसको सिँढीमा आठवटा खुड्किला थिए।

35 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरू मूल-ढोकाहरूको थियो अर्थात,

36 यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौडाको थियो।

37 बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूरको बोटको चित्रहरू थिए अनि यसको सिँढीमा आठवटा खुड्किला थिए।

38 एउटा कोठा थियो जसको ढोका मूल-ढोकाको प्रवेश कक्षको छेउमा थियो। यो त्यहाँ थियो जहाँ पूजाहारीले होमबलिको निम्ति पशुहरूलाई नुहाई दिन्थे।

39 मूल-ढोकाको प्रवेश द्वारको दुवै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो।

40 दलानको बाहिर जहाँ उत्तरी मूल-ढोका खोलिन्छ, त्यहाँ दुइवटा टेबल थियो अनि मूल-ढोकाको प्रवेश कक्षको अर्को तिर दुइवटा टेबल थियो।

41 मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजारीहरूले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्थे।

42 होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्थे, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्थे।

43 चार औंला चौडा भएको बीट पुरै टेबलमा लगाएको थियो। भेटीका निम्ति मासु टेबलमाथि राखिन्थ्यो।

44 भित्री चोकको मूल-ढोकाको बाहिर दुइवटा कोठाहरू थिए। एउटा उत्तरी मूल-ढोकासँग थियो। यसको दलान दक्षिणपट्टि थियो। अर्को कोठा दक्षिण मूल-ढोका पट्टि थियो। यसको दलान उत्तरपट्टि थियो।

45 त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो।

46 तर त्यो कोठा जसको दलान उत्तरपट्टि छ, त्यो त्यहाँ काम गरिरहेका पूजाहारीहरूका निम्ति हो जो आफ्नो काममा छन् अनि वेदीको सेवा गर्नेहरूका निम्ति हो। यी सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्। सादोकको वंशज नै लेवी कुलका एक मात्र मानिस हो, जो परमप्रभुको सेवा आफैसित बलि ल्याएर गर्न सक्छ।”

47 त्यस मानिसले भित्रि चोक नाप्यो। चोक पूर्ण वर्गाकारको थियो। त्यो एक सय हात लामो अनि एक सय हात चौडाको थियो। वेदी मन्दिरको छेउमा थियो।

48 त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो।

49 दलान बीस हात लामो अनि बाह्र हात चौंडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 40, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.