Ezequiel 29

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल।

3 भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छ:

6 तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन्

7 इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे।

8 यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ:

9 मिश्र देश शून्य अनि नष्ट हुनेछ।

10 यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ।

11 मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्।

12 म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पार्छु। तर चालीस वर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु।

14 म मिश्रलाई कैदबाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन।

15 यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अरू जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिन्छु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्तैन।

16 अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”

17 देशबाट निकालिएको सत्ताईसौं वर्षको पहिलो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

18 “हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।”

19 यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ।

20 मैले नबूकदनेस्सरलाई कठिन परिश्रम गरेंकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किन? किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

21 “त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.