Êxodo 6

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”

2 तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ,

3 अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।

4 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन।

5 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु।

6 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।

7 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।

8 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’”

9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।

10 तब परमप्रभुले मोशालाई भन्नुभयो,

11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”

12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”

13 परमप्रभुले मोशा र हारूनसंग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसंग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।

14 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः

15 शिमोनका छोराहरू हुन् यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।

16 लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

17 गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।

18 कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।

19 महली अनि मूशीहरू मरारीका छोराहरू थिए।

20 अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।

21 यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।

22 मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।

23 हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।

24 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।

25 हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे।

26 हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”

27 हारून र मोशा नै ती मानिसहरू हुन जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोडन फिरऊनलाई भने।

28 मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र

29 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”

30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.