Ester 5

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 अनि तेस्रो दिनमा एस्तर आफै राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।

2 जब राजाले रानी एस्तरलाई आँगनमा उभिरहेकी देखे राजा उनलाई देखेर खुशी भए। यसकारण राजाले आफ्नो हातमा भएको सुनौलो राजदण्ड तिनी तर्फ फैलाए अनि एस्तर नजिक आइन् अनि तिनले राजदण्डको टुप्पो छोइन्।

3 तब राजाले तिनलाई भने, “रानी एस्तर, तिमी कस्तो छौ? तिमी के इच्छा गर्छौ? आधा राज्यसम्म भए पनि तिमीलाई दिइनेछु।”

4 अनि एस्तरले भनिन्, “यदि तपाईंलाई असल लाग्छ भने मैले तपाईंको निम्ति तयार गरेको भोजमा आउनु होस् अनि हामानलाई पनि ल्याउनु होस्।”

5 राजाले आदेश दिए, “हामानलाई छिटो बोलाऊ जसमा कि एस्तरले भनेको कुरा हामीहरूले गर्न सकौ।”

6 राजाले दाखरस पिउँदै गर्दा एस्तरलाई भने। “तिमीले के माग्ने इच्छा गर्छौ? जो केही तिमीले माग्छेऊ त्यो दिइने छ। अनि तिमी जे पनि माग्न चाहान्छ्यौ यदि यो आधा राज्य नै हो भने पनि यो तिमीलाई दिइने छ।”

7 अनि एस्तरले उत्तर दिइन्, “मेरो निवेदन अनि मैले खोजेको कुरा यस्तोछ।

8 यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

9 त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए।

10 तर हामानले स्वयंलाई रोके अनि आफ्नो घरतर्फ लागे। तिनले आफ्ना साथीहरू अनि पत्नी जेरेशलाई बोलाए।

11 हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।

12 हामानले भने, “रानी एस्तरले राजाको निम्ति दिएको भोजमा मलाई बाहेक अरू कसैलाई पनि निम्तो गरिनन्। अनि भोलि पनि मलाई राजासित तिनीकहाँ जान बोलाएको छ।

13 तर यी सबै मेरो निम्ति ठूलो कुरा होईनन्। हरेक समय त्यो यहूदी मोर्दकैलाई राजाको द्वारमा बसेके देख्छु।”

14 तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दकैलाई त्यसमा झुण्डयाउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ester 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.