Ester 1

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूर थिए जसले भारत वर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।

2 ती दिनहरूमा अहासूर राजाले प्रसाद जिल्लमा शासन गर्थे।

3 आफ्नो शासनकालको तेस्रो वर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिकोलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू

4 अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे।

5 अनि त्यो उत्सव पुरा भयो राजाले शूशनमा भेट्न सकिने सबै धनी एवं गरीब मानिसहरूका निम्ति राजमहलसंगै बारेको बगौंचामा सातदिनसम्म भोजको आयोजन गरे। त्यहाँ मिहीन सुती वस्त्रका हातले बुनेका जाली बनावटका वस्त्र।

6 नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू संगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए।

7 दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए।

8 पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए।

9 त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।

12 राजाले नपुंशकहरूलाई आज्ञा गरे। तापनि, रानी वश्तीले आउँन अस्वीकार गरिन्। यसकारण राजा एक्दमै क्रोधित भए।

13 यसकारण राजाले उनका ज्ञानी मानिसहरूसंग भने, जो नियमविचार शक्तिका विषयमा एक्दमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे।

14 यी सात जना कर्शना, शेतार, अद्‌माता, तर्शीश, मेरेश, र्भसना अनि ममूकान, ज्ञानी अधिकारीहरू राजाका अत्यन्तै नजिक थिए यी फारस र मादीका अधिकारीहरूको राजासित पहुँच थियो अनि तिनीहरूले राज्यमा शासन चलाउँथे।

15 राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजाले अहासूरस नपुसकहरू, मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?”

16 अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वश्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बस्ने सबै मानिसहरू प्रति अनादर गरेकीछन्।

17 किनकि रानी को अनादर सबै स्त्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हरेक स्त्रीहरूले भन्नेछ।” जब राजा अहासूरसले रानी वश्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइनन्।

18 “आज, रानीले के गरिन् फारस र मादी अधिकारीहरूका पत्नीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित, राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ।

19 “यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्।

20 राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।”

21 अनि यो सल्लाह राजा अनि अधिकारीहरूको नजरमा असल ठानियो। अनि राजाले ममूकानको सल्लाहलाई स्वीकार गरे।

22 अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोलि अनुसार व्यक्ति व्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ester 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.