Esdras 9

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्।

2 किनभने तिनीहरूले आफू स्वयं अनि आफ्ना छोराहरूका निम्ति तिनीहरूले वरिपरीका छिमेकिका छोरीहरूलाई पत्निको रूपमा राखेकाछन्। अनि तिनीहरूले पवित्र मानिसहरूलाई भूमिका अरू मानिसहरूसित मिलाएका छन्। अधिकारीहरू र अगूवाहरूले परमेश्वर प्रति अविश्वसनीय कार्यमा अगुवाइ गरेकाछन्।”

3 जब यो वचन मैले सुने मेरो पहिरन च्यातें अनि मैले मेरो शिरका केश र दाह्री उखाले

4 म अति आघातको अवस्थाया बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।

5 तब साझको बलिदानको समयमा लज्जीत अवस्थ्यामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुडाटेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ

6 र मैले भने:

7 किनभने हाम्रो पापहरू हाम्रोशिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित् भएकाछौं।

8 “अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नया आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ।

9 किनभने हामी दासहरू हौ तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाडनु भएको छैन। हामीलाई नया जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खाल दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।

10 “तर अब हाम्रा परमेश्वर, यसपछि हामी के भन्नसक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौ।

11 जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरू द्वारा दिनु भयो। जब तपाईंले भन्नु भयोः ‘त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेऊ देखि अर्को छेऊ सम्म कुर्कम अनि अशुद्धताले भरिएको छन्।

12 त्यो भुमिमा तिनीहरू एक छेउ देखि अर्कोछेउसम्म आफ्ना दुष्कर्म द्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसंघ पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।’

13 “अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महादोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति।

14 उचित भन्दा कमदण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँच्नेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्न। जसमा कि त्यहाँ कोही पनि रहने छैन?

15 “हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Esdras 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.