Esdras 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

3 तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”

4 यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साह पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए।

5 फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।

6 अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।

7 अनि आर्ट-जारसेज समयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा थियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।

8 उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः

9 उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।

10 अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो, तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।

11 राजा आर्ट-जारसेज प्रति,

12 अबः राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।

13 अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।

14 अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठायौं।

15 जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।

16 हामी राजालाई यो सूचित गर्दछौ, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरू को निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।

17 राजाले यो सन्देश पठाएः

18 अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो।

19 मैले एक आदेश दिए अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोही गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ।

20 त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।

21 अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन।

22 यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।

23 रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।

24 तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्ष नभए सम्म शुरू भएन।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Esdras 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.