Atos 28

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 जब हामी सुरक्षितसँग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ।

2 पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।

3 पावलले दाउराको झिंजाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो।

4 त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। ऊ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

5 तर पावलले हात झड्काले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

6 मानिसहरूले सोंचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी पर्खिरहे तर त्यस्तो कुनै नराम्रो घट्ना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”

7 त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।

8 पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

9 यस्तो घटना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

12 हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं।

13 हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।

14 हामीले त्यहाँ केही दाज्यू-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ।

15 त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

16 त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

17 तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यू-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो।

18 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

19 तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन।

20 यही कारण म तिमीहरूसंग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”

21 यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यू-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने।

22 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”

23 पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।

24 कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्।

25 तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरुको विषय सत्य छ भने। उनले भने,

26 ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः

27 हो, यी मानिसहरूका मन अहिले बन्द छन्।

28 “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!”

30 पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसंग भेट्न आए।

31 पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.