Apocalipse 9

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।

2 अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

3 तब त्यो धुँवाबाट सलहहरु पृथ्वीतिर आए। तिनीहरुलाई विच्छीहरुले जस्तै चिल्ने शक्ति दिइएको थियो।

4 ती सलहहरुलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरुले ती मानिसहरुलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

5 ती सलहहरुलाई, मानिसहरुलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरुलाई मानिसहरुलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरुले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो।

6 ती दिनहरुमा मानिसहरु मर्ने उपाय खोज्नेछन्, तर तिनीहरुले पाउने छैनन्। तिनीहरु मर्न चाहन्छन् तर मृत्यु तिनीहरुदेखि लुक्नेछ।

7 ती सलहहरु युद्धका निम्ति तयार गरिएका घोडाहरु जस्तै देखिन्थे। तिनीहरुको शिरमा तिनीहरुले सुनको मुकुटहरु जस्तै देखिने लगाएका थिए। तिनीहरुको अनुहार मानवको जस्तै देखिन्थ्यो।

8 तिनीहरुको केश स्त्रीहरुको केश जस्तै थियो। तिनीहरुका दाँत सिंहका जस्तै थिए।

9 तिनीहरुका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरुको पँखेटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरुले उत्पन्न गरोका आवाज जस्तै थिए।

10 ती सलहहरुको पुच्छर विच्छीका जस्ता खिलहरु भएका थिए। मानिसहरुलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरुको पुच्छरमा थियो।

11 ती सलहहरुका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरु आउनेछ।

13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें।

14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरुलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।”

15 यी चार स्वर्गदूतहरुलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरुलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरुलाई मार्न भनी मुक्त गरिए।

16 मैले सुनें तिनीहरुको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।

17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरु अनि घोड-सवाहरुलाई देखेँ। तिनीहरु यस्ता देखिन्थे तिनीहरुका कवचहरु आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरु सिंहका शिरहरु जस्तै देखिन्थे। घोडाहरुको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो।

18 पृथ्वीका सम्पूर्ण मानिसहरुका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरु आगो, धुवाँ अनि गन्धकद्वारा मारिए।

19 ती घोडाहरुका शक्ति तिनीहरुको मुख अनि पुच्छरमा थियो। तिनीहरुको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरुले मानिसहरुलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।

20 पृथ्वीका अन्य मानिसहरु बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरुले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरुले आफ्नै हातले निर्माण गरेका कुराहरुबाट तिनीहरुले मुख फर्काएनन्। तिनीहरुले दानवहरु अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्।

21 यी मानिसहरुले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरु मानिसहरुलाई मार्न छाडेनन्, तिनीहरु आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.