Apocalipse 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”

2 तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए।

3 उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।

4 सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरु थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरु बसिरहेका थिए। ती अग्रजहरु सेतो लुगामा थिए अनि तिनीहरुका शिरमा सुनको मुकुट थियो।

5 सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरु परमेश्वरका सातवटा आत्माहरु हुन्।

6 सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।

7 पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो।

8 यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पँखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन्:

9 यी सजीव वस्तुहरुले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरु यसो गर्छन्,

10 ती चौबीस जना अग्रजहरु उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरु उहाँलाई पूजा गर्छन्। अग्रजहरु आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:

11 “हाम्रा परमप्रभु अनि परमेश्वर!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.